Janajyoti Campus

स्वास्थ्य सम्बन्धी सचेतना, परामर्श एवं स्वास्थ्य परीक्षण कार्यक्रम

आज मिति २०८२ चैत्र २६ गते बिहीबारको दिन जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजना एवं भिमाद नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा क्याम्पसका प्राध्यापक-कर्मचारी एवं विद्यार्थीहरूका लागि स्वास्थ्य सम्बन्धी सचेतना, परामर्श एवं स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले लगायत सम्पूर्ण प्राध्यापक कर्मचारीहरू लगायत ८० जना भन्दा बढी विद्यार्थीहरुले स्वास्थ्य परीक्षण गरी लाभ लिनुभएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र भिमातका डाक्टर निराजन सिंह सुनार लगायत स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सम्बन्धी सचेतना एवं आवश्यक स्वास्थ्य सम्बन्धी परीक्षण र आवश्यक परामर्श प्रदान गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *