Janajyoti Campus

अन्तरकक्षा हाजिरजवाफ प्रतियोगिता सम्पन्न

जनज्योति क्याम्पस, भिमाद–६, तनहुँ आज मिति २०८३ साल वैशाख ११ गते शुक्रबारका दिन जनज्योति क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा अन्तरकक्षा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । समितिका संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले प्रमुख अतिथि रहनुभएको थियो । विभिन्न कक्षाका ८ समूहहरू बीच भएको प्रतिस्पर्धामा बिएड तृतीय वर्षका अर्चना गैरे, सुशीला श्रेष्ठ र फलमाया आलेको समूह प्रथम, बिबिएस प्रथम वर्षका नबिना सुनवार, मनिषा राना र दिपा गैरेको समूह द्वितीय र बिबिएस तृतीय वर्षका झरना लम्साल, लक्ष्मी लम्साल र अन्जना सुवेदीको समूहले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो। प्राध्यापक सङ्घका सभापति हरिप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण दीपक भट्टराईले गर्नुभएको थियो भने क्विज मास्टरको भूमिका कमलकान्त सुवेदीले निर्वाह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *