अनुसन्धान व्यवस्थापन एकाइ (RMC), जनज्योति क्याम्पस, भिमाद तनहुँको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा प्राध्यकहरुका लागि ३ दिने “Faculty Capacity Development Training and Workshop” मिति २०८३ जेष्ठ ८ गतेदेखि शुभारम्भ गरिएको छ । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य माननीय जीतप्रकाश आलेले ब्यानर वाचन तथा ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा तनहुँ तथा कास्की जिल्लास्थित विभिन्न क्याम्पसका क्याम्पस प्रमुखहरु आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, जनप्रिय बहुमुखी क्याम्पस प्रमुख कृष्णबाबु बराल, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका प्रमुख धर्मराज बराल, कालिका पब्लिक क्याम्पसका प्रमुख ज्योतिबाबु पौडेल, आँबुखैरेनी क्याम्पस प्रमुख भवदत्त शर्मा लगायतको उपस्थिती रहेको थियो । आजको सत्रको सहजीकरण पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापकद्वय डा. मिन पुन र डा. लेखनाथ भट्टराईले गर्नुभएको थियो । तनहुँ तथा कास्की जिल्लाका विभिन्न क्याम्पसबाट गरी ३० जना प्राध्यापकहरूको सहभागितामा सञ्चालन भइरहेको कार्यक्रम ३ दिनसम्म चल्नेछ । उद्घाटन कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत एवम् कार्यक्रमको औचित्यका बारेमा जानकारी सहायक क्याम्पस प्रमुख शिबदत्त चापागाईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अनुसन्धान व्यवस्थापन एकाइ (RMC) संयोजक दीपक भट्टराईले गर्नुभएको थियो ।




Leave a Reply