आज मिति २०८२ साल चैत ३० गतेका दिन जनज्योति क्याम्पस भिमादमा क्याम्पस सञ्चालक समिति प्राध्यापक कर्मचारी तथा विद्यार्थीहरूका बीच नव वर्ष २०८३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य माननीय जीतप्रकाश आले, सञ्चालक समिति सदस्य मिलन आले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई तथा सम्पूर्ण प्राध्यापक कर्मचारीहरू तथा विद्यार्थीहरूका बीच भएको शुभकामना आदान–प्रदान गरियो साथै विक्रम सम्वत् २०८३ सालको शैक्षिक क्यालेण्डर वितरण गरिएको छ ।
यस किसिमका कार्यक्रमले क्याम्पस परिवारबीच आपसी सद्भाव, सहकार्य र विश्वास अभिवृद्धि गर्नुका साथै समग्र रुपमा उत्कृष्टता हासिल गर्ने दिशामा ऊर्जा प्रदान गर्दछ ।





Leave a Reply