हरितालिका (तिज) पर्व २०७९ काे अवसरमा जनज्याेति क्याम्पस, अतिरिक्त क्रियाकलाप समितिद्वारा तिज विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भयाे । क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई लगायत सम्पूर्ण प्राध्यापक कर्मचारीहरूकाे उपस्थितिमा भएकाे कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभाका माध्यमबाट भरपुर मनाेरञ्जन गरेका थिए । वि.एड. दाेस्राे वर्षमा अध्ययनरत छात्रा अमृता पाेख्रेलकाे अध्यतामा भएकाे कार्यक्रमकाे सञ्चालन वि.वि.एस. चाैथाे वर्षका विद्यार्थीहरू सचिन श्रेष्ठ, निशा श्रेष्ठले गरेका थिए ।
साेहि कार्यक्रममा सहायक प्राध्यापक लुना रानालाई विदाई एवम् नवनियूक्त सहायक प्राध्यापक कमलकान्त सुवेदीलाई स्वागत् गरिएकाे थियाे ।
त्यसै गरी आजमात्रै विदाई भएर जानु भएका सहायक प्राध्यापक लुना रानाले क्याम्पसमा प्राध्यापक कर्मचारीद्वारा स्थापित अक्षयकाेषमा रू ५,५५५/- (अक्षरेपी पाँच हजार पाँच सय पचपन्न रूपैंया) सहयाेग गर्नु भएकाेमा उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
Leave a Reply