Janajyoti Campus

अनुसन्धान र शैक्षिक क्षमता अभिवृद्धिमा केन्द्रित ३ दिने कार्यशाला सम्पन्न

अनुसन्धान व्यवस्थापन एकाइ (RMC), जनज्योति क्याम्पस, भिमाद तनहुँको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा प्राध्यकहरुका लागि मिति २०८३ जेठ ८ गतेदेखि शुरु भएको ३ दिने “Faculty Capacity Development Training and Workshop” मिति २०८३ जेष्ठ १० गते सम्पन्न भएको छ । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य माननीय जीतप्रकाश आले रहनुभएको थियो । समापन कार्यक्रममा विभिन्न क्याम्पसका क्याम्पस प्रमुखहरु कालिका बहुमुखी क्याम्पस, काजीपोखरी कास्कीका प्रमुख एवं नेपाल प्राध्यापक संघका केन्द्रीय सल्लाहकार बिरञ्जी गौतम, जनप्रकाश बहुमुखी क्याम्पस कास्की क्या क्याम्पस प्रमुख एवं नेपाल पब्लिक क्याम्पस सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष ऋषिराम बुढाथोकी, स्रोत व्यक्तिका रूपमा पृथ्वीनारायण क्याम्पस पोखराका एमएड तथा PGDE कार्यक्रम संयोजक डा. पितृराज बास्तोला लगायतले उच्च शैक्षिक संस्थामा कार्यरत प्राध्यापकहरूको लागि अनुसन्धान अत्यन्तै उपयोगी रहेको बताउनुहुँदै सबै सहभागी प्राध्यापक तथा आयोजकलाई शुभकामना तथा बधाई दिनुभयो । समापन कार्यक्रमका सहभागी प्राध्यापकहरुले कार्यक्रम अत्यन्तै फलदायी रहेको बताउनुहुँदै क्याम्पसलाई धन्यवाद दिनुभएको थियो । RMC संयोजक दीपक भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईले धन्यवाद दिनुभएको थियो भने सभापति क्याम्पस प्रमुख केशवराज काफ्लेले आर्थिक सहयोग गर्ने विश्वविद्यालय अनुदान आयोग, सहभागी क्याम्पस, कार्यक्रमको आयोजना र व्यवस्थापन गर्ने RMC लगायत सम्बद्ध सबै पक्षलाई धन्यवाद दिनुहुँदै कार्यक्रमको समापन गर्नुभएको थियो भने सहभागी तथा अतिथिहरुलाई मायाको चिनो र प्रमापत्रसहित बिदाई गरिएको थियो ।

जनज्योति क्याम्पस UGC लगायत सबै पक्षलाई यसै किसिमको सहयोग र सद्भावको कामना गर्दै हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *