मिति २०८० जेठ २० गते जनज्योति क्याम्पस भिमाद तनहुँमा कुमारी बैंक लि.को आयोजनामा क्याम्पस मार्फत बैंकले जारी गरेको सुचना बमोजिम नाम दर्ता गराएका स्नातक तह अध्ययरत विद्यार्थीहरुलाई छनोटका लागि अन्तर्वार्ता कुमारी बैंकका Credit Monitering Head राजिव बज्राचार्य, कुमारी बैंक गण्डकी प्रदेशका Business Coordinator मनोज आत्री, मैतीदेवी शाखा प्रबन्धक नविन थापा तथा भिमाद शाखाका प्रबन्धक तुलसीराम आचार्यको उपस्थितिमा सम्पन्न भयो । अन्तर्वार्तामा २३ जना विद्यार्थीहरुको उपस्थिती रहेको थियो भने क्याम्पस तर्फबाट सहकायक क्याम्पस प्रमुख शिवदत्त चापागाई, विद्यार्थी रोजगार समिति सदस्य दिपक भट्टराई, सहायक प्राध्यापक नारायण मसेनी तथा सहायक प्रशासक सुनिल पाठकले स्वागत् एवम् अन्तर्वार्ता प्रक्रियाका लागि सहजिकरण गर्नु भएको थियो ।
आजै जनज्योति क्याम्पस सञ्चालक समिति अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननिय जितप्रकाश आले, भिमाद न.पा. प्रमुख दधिराज सुवेदी, सञ्चालक समिति सदस्य मिलन आले, पदम राज सेन लगायत भौतिक योजना मन्त्रालयका सचिव एवम् उच्च पदस्थ कर्मचारी लगायत विभिन्न क्याम्पसका शुभचिन्तक एवम् समाजसेवीहरु क्याम्पसमा उपस्थित भई कुमारी बैंकले लिएको अन्तर्वार्ताको सफलताको कामना गर्दै ग्रामिण क्षेत्रमा रहेको यस क्याम्पसमा यस किसिमको अवसर दिनु भएको प्रति खुशी व्यक्त गर्दै कुमारी बैंक लि.लाई धन्यवाद दिनुभयो । सोही अवसरमा उहाँहरुले क्याम्पस परिसरमा निर्माणाधिन बगैंचाको स्थलगत निरीक्षण गरी आवश्यक सुझाव समेत दिनु भयो । जनज्योति क्याम्पस परिवार उहाँहरु सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
Leave a Reply