मिति २०८२ जेष्ठ ८ गते
अनुसन्धान व्यवस्थापन एकाइ (RMC) जनज्योति क्याम्पस, भिमाद तनहुँको आयोजना एवं विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा ३ दिने अनुसन्धान विधि सम्बन्धी कार्यशाला शुभारम्भ भएको छ। कार्यशालाको उद्घाटन गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले गर्नुभएको थियो । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समिति उपाध्यक्ष उमाकान्त श्रेष्ठ, स्रोत व्यक्तिको रुपमा आउनुभएका उपप्राध्यापक विश्वराज जोशी, सिकेविके क्याम्पस प्रमुख माधव पण्डित, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । आजदेखि ३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा.इन्द्रप्रसाद तिवारीले अनुसन्धान विधि सम्बन्धमा KEYNOTE Speech दिनुभएको थियो भने पहिलो दिनको कार्यशालामा पोखरा विश्वविद्यालयका सह प्राध्यापक डा. भरतराम ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जनज्योति क्याम्पस, सिकेविके क्याम्पस, आदिकवि भानुभक्त क्याम्पस, आबुखैरेनी क्याम्पस लगायत छिमेकी क्याम्पसका गरी २५ जना प्राध्यापकहरूको सहभागिता रहेको थियो। उपप्राध्यापक सीतादेवी भट्टराईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन RMC संयोजक उपप्राध्यापक दीपक भट्टराईले गर्नुभएको थियो ।
Leave a Reply