जनज्योति क्याम्पस भिमाद-६, तनहुँ
आज मिति २०८२ वैशाख १२ शुक्रबारका दिन अतिरिक्त क्रियाकलाप समिति, जनज्योति क्याम्पस भिमाद, तनहुँद्वारा जनज्योति क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि अन्तर-कक्षा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम क्याम्पस प्रमुख केशवराज काफ्ले को प्रमुख आतिथ्यतामा भएको थियो। प्राध्यापक संघ सभापति हरिप्रसाद सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन उप-प्राध्यापक दीपक भट्टराईले गर्नुभएको थियो भने क्विज मास्टर को रुपमा विनोद थापा तथा कमलकान्त सुवेदी रहनुभएको थियो। कुल ८ समूह सहभागी रहेकोमा प्रतियोगितामा विविएस तृतीय वर्षका श्रीराम थापा, रामहरी महर्जन र अन्जना श्रेष्ठको समूह प्रथम, बीएड तृतीय वर्षका अर्चना गैह्रे, पदमा राना र सजिना आलेको समूह द्वितीय र विविएस द्वितीय वर्षका वर्षा लम्साल, अन्जना सुवेदी र विवश थापाको समूहले तृतीय स्थान हाँसिल गर्न सफल भएका थिए ।
Leave a Reply