Janajyoti Campus

स्वास्थ्य सम्बन्धी सचेतना एवं स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

जनज्योति क्याम्पस भिमाद-६, तनहुँ

आज मिति २०८२ वैशाख १० बुधबारका दिन अतिरिक्त क्रियाकलाप समिति, जनज्योति क्याम्पस भीमाद, तनहुँ द्वारा प्राथमिक स्वास्थ्य केन्द्र भिमादसँगको समन्वयमा आयोजित जनजाति क्याम्पसका प्राध्यापक कर्मचारी एवं विद्यार्थीहरूको लागि स्वास्थ्य सम्बन्धी सचेतना एवं स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम क्याम्पस प्रमुख केशवराज काफ्ले को प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिमादका प्रमुख डा. सुदन अधिकारीले सहभागी प्राध्यापक कर्मचारी एवं विद्यार्थीहरूलाई स्वास्थ्य सम्बन्धी आधारभूत कुराहरूको बारेमा जानकारी गराउनुभएको थियो । प्राध्यापक संघ सभापति हरिप्रसाद सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा स्ववियु सभापति विप्लव भण्डारी र पूर्व विद्यार्थी सङ्घका अध्यक्ष सुनिल श्रेष्ठले समेत शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उप-प्राध्यापक दीपक भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा अधिकांश प्राध्यापक कर्मचारी एवं विद्यार्थीहरूले स्वास्थ्य परीक्षण गरी लाभ लिनुभएको थियो। भने जनज्योति क्याम्पसको तर्फबाट प्राथमिक स्वास्थ्य केन्द्रलाई यस महत्वपूर्ण कार्यमा समन्वय गरेकोमा हार्दिक धन्यवाद दिँदै मायाको चिनो समेत प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *