जनज्योति क्याम्पस भिमाद, तनहुँमा स्नातक तह प्रथम वर्षमा शैक्षिक वर्ष २०७९/८० का लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुका लागि स्वागत् एवम् अभिमुखीकरण कार्यक्रम क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ ।

स्वागत् एवम् अभिमुखीकरण कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्यहरु पदमराज सुवेदी, कल्पना सुवेदी, चुडामणी खनाल, मिलन आले, अरविन श्रेष्ठ तथा प्राध्यापक संघ सभापति हरि प्रसाद सुवेदी, स्ववियू सभापति सुनिल श्रेष्ठ, ने.वि. संघ अध्यक्ष विवश पराजुली, अनेरास्ववियू अध्यक्ष निशा श्रेष्ठ लगायतले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत् गर्नु भएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप समिती संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईले सम्पूर्ण सहभागिहरुलाई स्वागत एवम् कार्यक्रमको औचित्य, क्याम्पसको बस्तुस्थिती लगायत बिविध गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ECA सदस्य दीपक भट्टराईले गर्नुभएको थियो ।।
Leave a Reply