065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

समीक्षा बैठक सम्पन्न

मिति २०८१ भदौ ८ गते शनिबारका दिन जनज्योति क्याम्पस अनुगमन तथा मूल्याङ्कन समितिको आयोजनामा सञ्चालक समितिको उपस्थितिमा समग्र क्याम्पस, विभाग, सेलहरु सङ्ग चालु वर्षको कार्यक्रम, सम्पन्न भएका कार्यहरू एवम् आगामी वर्षको प्रस्ताविक कार्यक्रमका सम्बन्धमा सयुक्त रुपमा समीक्षा बैठक सम्पन्न भयो ।

कार्यक्रमको अध्यक्षता: अनुगमन तथा मूल्याङ्कन समिति संयोजक एवं भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्यहरू: खिमाकान्त पराजुली, हरिशचन्द्र गैह्रे, गोपाल प्रसाद सुवेदी र सदस्य – सचिव लक्ष्मी श्रेष्ठ उपस्थिति : क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सदस्यहरू क्रमश: इन्दिरा खड्का, जीवनाथ अर्याल, मौषम शर्मा गैह्रे, मिलन आले, नरेन्द्र थापा, कृष्णकला सुवेदी, आमन्त्रित सदस्य द्वय क्या. खड्ग बहादुर थापा र दशरथ गैह्रे, क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्या प्रमुख IQAC एवम् अतिरिक्त क्रियाकलाप समिति संयोजक शिवदत्त चापागाईं, परीक्षा व्यवस्थापन समिति संयोजक सीता देवी भट्टराई, विभागीय प्रमुखद्वय हरिप्रसाद सुवेदी (शिक्षा) र नारायण मर्सेनी (व्यवस्थापन), RMC संयोजक दीपक भट्टराई, विद्यार्थी गुनासो, परामर्श तथा रोजगार समिति संयोजक लक्ष्मी श्रेष्ठ, PIC संयोजक जनकराज श्रेष्ठ, कर्मचारीहरु कमला पौडेल र सुनिल पाठक, समीक्षा बैठक मा क्यम्पस प्रमुख, सहायक क्यम्पस प्रमुख लगायत सबै विभाग एवम् सेलका संयोजकले आफ्नो विभाग तथा सेलका प्रतिवेदन एवम् आगामी वर्षको प्रस्तावित कार्यक्रमका सम्बन्धमा जानकारी गराउनुभएको थियो भने अध्यक्षता गर्नुभएका अनुगमन तथा मूल्याङ्कन समिति संयोजक दधिराज सुवेदीले विभिन्न विभाग तथा सेलका प्रतिवेदन बाट आफू सन्तुष्ट रहेको बताउँदै क्यम्पस ठोस योजनाका साथ आएको खण्डमा नगरपालिका को तर्फबाट समेत थप सहयोग गर्ने कुरामा आफ्नो जोड रहने बताउनुभयो, सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठ, अनुगमन समिति सदस्य खिमाकन्त पराजुलीले स्पष्ट योजना अनुसार कार्य गर्न सक्यो भने मात्रै कार्यक्रमको प्रभावकारितामा बल पुग्ने बताउँदै आ-आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *