जनज्योति क्याम्पस भिमाद, तनहुँमा नव वर्ष २०८० को पावन अबसरमा सञ्चालक समिति, प्राध्यापक–कर्मचारी एवम् विद्यार्थीहरुबिच शुभकामना आदान–प्रदान कार्यक्रम अतिरिक्त क्रियाकलाप समिती संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षता सम्पन्न भएको छ । सञ्चालक समिति अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य माननीय जीतप्रकाश आले, सञ्चालक समिति उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु रमेश चन्द्र सुवेदी, केशरी अर्याल, कल्पना सुवेदी, मिलन आले, अरविन श्रेष्ठ, सञ्चालक समितिका आमन्त्रित सदस्य क्या. खड्ग बहादुर थापा, क्याम्पस प्रमुख केशवराज काफ्ले प्राध्यापक संघ सभापति हरिप्रसाद सुवेदी, सामाजिक परीक्षण समिति सदस्य विजय राज गौतम लगायत सम्पूर्ण प्राध्यापक–कर्मचारीहरू, स्वबियु सभापति विवश पराजुली, SQMC संयोजक सन्ध्या गैह्रे एवम् सम्पूर्ण विद्यार्थीहरूले एक आपसमा शुभकामना आदान–प्रदान गर्नुभएको कार्यक्रममा उपस्थित सम्पूर्ण प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरूलाई ECA सदस्य बिनोद थापाले स्वागत गर्नुभएको थियो ।
त्यसै गरी आजै यही मिति २०७९ साल चैत्र २४ र २५ गते काठमाडौंमा सम्पन्न सामुदायिक क्याम्पसहरुको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघको १२औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएकोमा जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्लेलाई सम्पूर्ण क्याम्पसको तर्फबाट हार्दिक बधाई दिदैं सफल एवम् रचनात्मक कार्यकालको लागि शुभकामना व्यक्त गरीयो ।
Leave a Reply