Janajyoti Campus

शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिले आउदै गरेको विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् एवम् छठ पर्वको अवसर पारेर मिति २०८० साल असोज २६ गतेका दिन शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलाप समिति संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस संचालक समिति सदस्य कल्पना सुवेदी, क्याम्पस प्रमुख केशवराज काफ्ले, पूर्व क्याम्पस प्रमुख सीता देवी भट्टराई, प्राध्यापक संघ सभापति हरिप्रसाद सुवेदी, उपप्राध्यापक लक्ष्मी श्रेष्ठ लगायत सम्पूर्ण प्राध्यापक, कर्मचारी, स्ववियू उप सभापति एवम् सदस्यहरू, नेविसंघ सभापति लगायत उपस्थित सम्पूर्ण विद्यार्थीहरुले आ–आफ्नो तर्फबाट केही प्रस्तुती सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *