भिमाद
२०८१ साल चैत्र १७ गते आइतबारका दिन स्वतन्त्र विद्यार्थी युनियन जनज्योति क्याम्पसको आयोजनामा वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। जनज्योति क्याम्पस स्ववियु सभापति विप्लप भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी प्रमुख अतिथि रहनुभएको थियो । क्याम्पस प्रमुख केशवराज काफ्ले, लगायत प्राध्यापक कर्मचारी विद्यार्थीहरूको सहभागिता मा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा नगरप्रमुख दधिराज सुवेदी, क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य स्वतन्त्र विद्यार्थी युनियन उपसभापति प्रदिप लम्सालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्ववियु सचिव अस्मिता क्षेत्रीले गर्नुभएको थियो ।
Leave a Reply