जनज्योति क्याम्पस, अतिरिक्त क्रियाकलाप समितीको आयोजनामा भिमाद नगरपालिकामा अवस्थित माध्यमिक विद्यालयका विद्यार्थीहरुको क्षमता अभवृद्धिका लागि विज्ञान र प्रविधिमा विद्यार्थीकाे पहुँच शीर्षकमा भिमाद नगरपालिकाको सभाहलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । जनज्योति क्याम्पस का क्याम्पस प्रमुख केशव राज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिमाद नगरपालिका मा रहेका १३ वटा विद्यालयका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै प्रमुख अतिथि भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सदस्यहरू रमेशचन्द्र सुवेदी, वडा नं ३ का वडाध्यक्ष एवम् सञ्चालक समिति सदस्य पदम राज सेन, वार्ड नं ५ का वडाध्यक्ष पदम बहादुर थापा, वार्ड नं ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, प्रधानाध्यापक को तर्फबाट धर्म मा वि क प्रधानाध्यापक कृष्ण राज भण्डारी लगायतले अहिलेको युग सापेक्ष हरेकले विज्ञान र प्रविधि सङ्ग जोडिनु पर्ने बताउँदै क्याम्पसले यस किसिमको कार्यक्रम आयोजना गरेको प्रति खुशी व्यक्त गर्नुभएको थियो । सञ्चालक समितिका सदस्य सदस्य गोपाल प्रसाद पराजुली, कल्पना सुवेदी, क्याम्पसका प्राध्यापक, कर्मचारीहरु, सहभागी विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई स्वागत् प्राध्यापक संघ सभापति हरि प्रसाद सुवेदीले गर्नुभएको थियो भने सञ्चालन सहायक क्याम्पस प्रमुख शिव दत्त चापागाईले गर्नुभएको थियो । १३ जना सहभागी मध्ये जनज्योति मा वि का छात्र आदित थापा, बुचाखानी मा वि का छात्रा मनु थापा र भीम मेमोरियल आवासीय मा वि का छात्रा रितु वि. क. क्रमशः प्रथम, द्वित्तीय र तृतीय भएका थिए । वक्तृत्वकला प्रतियोगितामा निर्णायक मण्डल रुपमा संयोजक दीपक भट्टराई, सदस्यहरु जनक राज श्रेष्ठ र ऋषिभक्त वाग्ले रहनुभएको थियो ।
Leave a Reply