Janajyoti Campus

लगानीकर्ता साक्षरता तथा पुँजी बजार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

माघ – ११, २०८१

जनज्योति क्यम्पस

भिमाद – ६, तनहुँ

नेपाल धितोपत्र बोर्ड, नीति अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजनामा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना कार्यक्रम क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नीति अनुसन्धान तथा प्रशिक्षण विभागका निर्देशक अमीर थापाले सहभागी विद्यार्थीहरूलाई पुँजी बजार सम्बन्धी आधारभूत जानकारी गराउनुभएको थियो भने सेबोन का सहायक निर्देशक CA गौरव बराल ले पुँजी बजार मा प्रवेश गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरूका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

सहायक क्यम्पस प्रमुख एवम् ECA संयोजक शिवदत्त चापागाईंले सम्पूर्ण उपस्थित महानुभवहरुलाई स्वागत गर्नुहुँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। प्राध्यापक संघका सभापति हरिप्रसाद सुवेदी एवम् सम्पूर्ण प्राध्यापक कर्मचारीहरु, स्ववियु सभापति विनोद पराजुली, उपसभापति सुमन रतन, अमृत गैह्रे, SQMC प्रतिनिधि, सेबोनका कर्मचारी हरु सुरेश मिजार र विनोद महर्जन, लगायत क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन उप-प्राध्यापक दीपक भट्टराईबाट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *