065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

रक्तदान कार्यक्रम सम्पन्न

जनज्योति क्याम्पसले आफ्नो १५औं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्दै समुदाय संगको समन्वयमा मिति २०७९ माघ १८ गतेका दिन वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आले तथा भिमाद न.पा.का नगर प्रमुख दधिराज सुवेदीले पहिलो र दोस्रो रक्तदाता क्रमशः दीपक भट्टराई र चिन बहादुर थापालाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष एवम् सदस्यहरु, सल्लाहकार सदस्य, आजिवन सदस्य, विभिन्न उप–समितिका सदस्यहरु, प्राध्यापक अभिभावक संघ, नेपाल रेडक्रस सोसाईटी भिमाद उप–शाखाका सभापति, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, प्राध्यापक, कर्मचारी, अभिभावक एवम् विद्यार्थीहरुको उपस्थितिमा भिमाद न.पा. वडा नं. ६ लखनचोकमा आयोजित रक्तदान कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख केशवराज काफ्लेले गर्नु भएको थियो ।

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आले तथा भिमाद न.पा.का नगर प्रमुख दधिराज सुवेदीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईले उपस्थित महानुभावहरुलाई स्वागत् गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाईटी, क्षेत्रीय रक्तसञ्चार सेवा कास्की, पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा ४० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । उक्त रक्तदान कार्यक्रमको सञ्चालन लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो ।
त्यसैगरी आज सम्पन्न रक्तदान कार्यक्रम सम्पन्न गर्ने क्रममा आवश्यक पर्ने खाजा सहयोग गर्ने जनज्योति क्याम्पस सामाजिक

परीक्षण समिति सदस्य एवम् भिमाद न.पा. वडा नं. ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, मञ्च व्यवस्थापनको लागि आवश्यक टेन्ट र कुर्चि उपलब्ध गराउने नेवाः खलः भिमाद, खादा सहयोग गर्ने लयान्स क्लब अफ भिमाद ग्रिन सिटीका अध्यक्ष सिमा खड्का, पिउने नेपानी सहयोग गर्ने सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठ, फ्लेक्स सहयोग गर्ने भिमाद अफसेट प्रेसका प्रोप्राइटर राजन नेपाली, व्यवस्थापनमा सहयोग गर्ने लयान्स क्लब अफ भिमाद ग्रिन सिटीका सदस्यहरु, ईलाका प्रहरी कार्यालय भिमाद, पत्रकार, शुभचिन्तक, लगायत प्रत्यक्ष वा परोक्ष सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई जनज्योति क्याम्पस हार्दिक आभार र सम्मान व्यक्त गर्दछौं ।

फाेटाे यहाँ उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *