जनज्योति क्याम्पस भिमाद-६, तनहुँ
आज मिति २०८१ चैत्र ०८ गते शुक्रबार जनज्योति क्याम्पस भिमादका स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारी एवं सदस्य हरूलाई बधाई एवं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
निर्वाचन प्रबन्ध समितिका संयोजक हरिप्रसाद सुवेदीको अध्यक्षता एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष, गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य माननीय जीत प्रकाश आलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठ, क्याम्पस प्रमुख केशवराज काफ्ले, स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित सभापति विप्लव भण्डारी, निवर्तमान सभापति विवश पराजुली (विनोद) तथा स्वतन्त्र विद्यार्थी युनियनका सभापतिका प्रत्यासी उम्मेदवार अमृत गैह्रेले पनि मन्तव्य राख्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका सदस्यहरू जीवनाथ अर्याल, इन्दिरा खड्का, पदमराज सेन, आमन्त्रित सदस्य क्या. खड्ग बहादुर थापा, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं लगायत प्राध्यापक कर्मचारीहरू, स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारी सदस्यहरू तथा सम्पूर्ण विद्यार्थीहरू को उपस्थितिमा सम्पन्न बधाई एवं प्रमाण-पत्र वितरण कार्यक्रम मा उपस्थित महानुभावहरूलाई स्वागत निर्वाचन प्रबन्ध समितिका सदस्य केशरबहादुर खड्काले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रबन्ध समितिका सदस्य दीपक भट्टराईले गर्नुभएको थियो ।
त्यसैगरी आजै निवर्तमान सभापति विवश पराजुली (विनोद) ले नवनिर्वाचित सभापति विप्लव भण्डारीलाई कुर्चीमा राखी पदभार हस्तान्तरण गराउनुभएको छ ।
Leave a Reply