065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

आज मिति २०८० फागुन ३ गते का दिन जनज्योति क्याम्पसको आयोजना एवं भिमाद नगरपालिका स्वास्थ्य शाखा, प्राथमिक स्वास्थ्य केन्द्र भिमादको प्राविधिक सहयोगमा जनज्योति क्याम्पसका प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद का प्रमुख डा. प्रशान्त मिश्र र भिमाद नगरपालिका स्वास्थ्य शाखा प्रमुख टुकामणी सिग्देलको उपस्थितिमा जनज्योति क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवदत चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिमादका सुरज श्रेष्ठ र पार्वती थापाले Pulse Rate, Temperature तथा Blood Pressure परीक्षण गर्नुभएको थियो भने डा. प्रशान्त मिश्रले विद्यार्थीहरूलार्इ आवश्यकता अनुसार व्यक्तिगत परामर्श समेत प्रदान गर्नुभएको थियो । प्राध्यापक, कर्मचारी तथा विद्यार्थी गरी  ७० जनाले स्वास्थ्य परीक्षण गरी लाभ लिनु भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र भिमादका प्रमुख डा. प्रशान्त मिश्रले विद्यार्थीहरुका लागि स्वास्थ्य सम्वन्धी महत्वपूर्ण जानकारी दिनु भएको थियो । त्यसैगरी यस्तो प्रकृतिको कार्यक्रम नियमित रूपमा सञ्चालन गरीने समेत जानकारी गरार्इएको थियो । उक्त कार्यक्रममा उप प्राध्यापक सीतादेवी भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *