जनज्योति क्याम्पस भिमादमा विद्यार्थी रोजगार परामर्श एवं गुनासो संकलन तथा समाधान समितिको आयोजना तथा लक्ष्मी ग्रुप प्रा. लि. पोखरा कास्की को सह-आयोजनामा विद्यार्थी लक्षित क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी ग्रुप प्रा. लि का सहायक प्रवन्धक अमृत तिमल्सेनाले सहभागी विद्यार्थीलाई भविष्यमा आफूले रोजेको पेशामा सफल हुन वा उपयुक्त पेशा वा व्यावसाय छनोट कसरी गर्ने भन्ने बारेमा जानकारी गराउनु भएको थियो । अन्तरक्रियात्मक शैलीमा भएको कार्यक्रममा सहभागी विद्यार्थीहरुले पनि जिज्ञासा राखेका थिए । विद्यार्थी रोजगार परामर्श एवं गुनासो संकलन तथा समाधान समितिका संयोजक लक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफले तथा स. क्या. प्रमुख शिवदत्त चापागाईले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य दिनु भएको थियो भने स्वागत मन्तब्य सुजन महत ले गर्नुभएको थियो ।
साथै उक्त अवसरमा जनज्योति क्याम्पस र लक्ष्मी ग्रुप विच विभिन्न विषय वा क्षेत्रमा सहकार्य गर्ने उद्देश्यका साथ पारस्परिक सहमति पत्र (MoU) मा हस्ताक्षर समेत भएको छ ।
Leave a Reply