Janajyoti Campus

News & Events

जनज्योति क्याम्पस भिमाद-६, तनहुँ मिति २०८१ फागुन ०७ गते प्रजातन्त्र दिवसको अवसर पारेर स्वतन्त्र विद्यार्थी युनियन, जनज्योति क्याम्पस, भिमाद-६, तनहुँ को आयोजना तथा जनज्योति क्याम्पसको संरक्षकत्वमा माध्यमिक विद्यालय स्तरीय छात्र भलिवल प्रतियोगिता “स्वतन्त्र विद्यार्थी यूनियन भलिवल कप-२०८१” भव्यताका साथ अगाडि बढिरहेको छ । स्वतन्त्र विद्यार्थी यूनियनका सभापति विवश पराजुली (विनोद) को अध्यक्षता एवं क्याम्पस सञ्‍चालक समितिका अध्यक्ष, पूर्व आर्थिक मामिला 
Read more
आज मिति २०८१ फागुन ५ गतेका दिन जनज्योति क्याम्पसको सभा हलमा क्याम्पस सञ्चालक समिति, भिमाद नगरपालिका नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडा अध्यक्षहरू, विभिन्न उपसमितिहरू, क्याम्पस प्रमुख लगाएतको उपस्थितिका बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जीत प्रकाश आलेको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा क्याम्पसको दिगो विकास र विद्यार्थीको बिचैमा कक्षा 
Read more
माघ २५, २०८१ अतिरिक्त क्रियाकलाप समिति जनज्योति क्याम्पस भिमाद तनहुँको आयोजनामा उत्प्रेरणा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मा प्रमुख अतिथि क्याम्पस प्रमुख केशवराज काफ्ले रहनुभएको थियो । जेसीआई नेपालका राष्ट्रिय प्रशिक्षक एवं युवा उद्यमी शिवप्रसाद भुसाल ले प्रशिक्षण गर्नुभएको कार्यक्रममा प्राध्यापक, कर्मचारी, पूर्व विद्यार्थी संघ, स्वतन्त्र 
Read more
माघ – ११, २०८१ जनज्योति क्यम्पस भिमाद – ६, तनहुँ नेपाल धितोपत्र बोर्ड, नीति अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजनामा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना कार्यक्रम क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नीति अनुसन्धान तथा प्रशिक्षण विभागका निर्देशक अमीर थापाले सहभागी विद्यार्थीहरूलाई पुँजी बजार सम्बन्धी आधारभूत जानकारी गराउनुभएको 
Read more
मङ्सिर १६ गते जनज्योति क्याम्पस, भिमाद जनज्योति क्याम्पस भिमाद तनहुँको १७ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय शंकर भण्डारीको प्रमुख आतिथ्यता र क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री माननीय जीतप्रकाश आलेको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथि प्रतिनिधि सभाका निवर्तमान सांसद केदार सिग्देल, भिमाद नगरपालिका नगर 
Read more
असोज १६ , भिमाद जनज्योति क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्वारा नेपालीहरूको महान् चाड बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवम् छ्ठ पर्व २०८१ को अवसरमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ। स्वतन्त्र विद्यार्थी युनियन जनज्योति क्याम्पसका सभापति विनोद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री माननीय जीतप्रकाश आले, विशिष्ट अतिथि 
Read more
मिति २०८१ भदौ ८ गते शनिबारका दिन जनज्योति क्याम्पस अनुगमन तथा मूल्याङ्कन समितिको आयोजनामा सञ्चालक समितिको उपस्थितिमा समग्र क्याम्पस, विभाग, सेलहरु सङ्ग चालु वर्षको कार्यक्रम, सम्पन्न भएका कार्यहरू एवम् आगामी वर्षको प्रस्ताविक कार्यक्रमका सम्बन्धमा सयुक्त रुपमा समीक्षा बैठक सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता: अनुगमन तथा मूल्याङ्कन समिति संयोजक एवं भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्यहरू: 
Read more
जनज्योति क्याम्पस, भिमाद, शिक्षा शास्त्र संकायको आयोजनामा विद्यार्थीहरू बीचमा Spelling Contest (हिज्जे प्रतियोगिता) सम्पन्न भएको छ । जनज्योति क्याम्पस शिक्षाशास्त्र सङ्काय प्रमुख हरिप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जम्मा नौ वटा समूहको सहभागिता रहेको थियो । कार्यक्रममा शुभकामना दिनुहुँदै क्याम्पस प्रमुख केशवराज काफ्लेले आयोजक लाई धन्यवाद दिनुहुँदै यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुहुँदै सहभागी र विजयी विद्यार्थीहरुलाई 
Read more
आज मिति २०८१ साल जेठ २३ गते बुधबारका दिन जनज्योति क्याम्पस मा नवनिर्वाचित सञ्चालक समिति, अनुगमन तथा मूल्याङ्कन समिति र सामाजिक परीक्षण समितिका पदाधिकारी एवं सदस्यहरू लाई बधाई एवं स्वागत् तथा निवर्तमान समितिका सदस्यलाई धन्यवाद कार्यक्रम सम्पन्न भयो । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री माननीय जित 
Read more