जेठ २८, २०८३ | जनज्योति क्याम्पस, भिमाद, तनहुँ
जनज्योति क्याम्पस, भिमाद तनहुँको अतिरिक्त क्रियाकलाप समिति को आयोजनामा क्याम्पस सभा हलमा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताबीच “उत्प्रेरणा र व्यक्तिगत विकास” सम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
अतिरिक्त क्रियाकलाप समिति संयोजक तथा सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जेसीआई नेपालका राष्ट्रिय प्रशिक्षक तथा युवा उद्यमी शिवप्रसाद भुसाल ले प्रेरणादायी प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले सकारात्मक सोच, लक्ष्य निर्धारण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा युवाको भूमिकाका विविध पक्षहरूबारे अन्तरक्रियात्मक प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा जनज्योति क्याम्पसका प्राध्यापक, कर्मचारी, SQMC, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा प्राध्यापक संघका सभापति हरिप्रसाद सुवेदी ले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमले सहभागीहरूमा नयाँ ऊर्जा, सकारात्मक सोच र लक्ष्यप्रति प्रतिबद्धता अभिवृद्धि गर्दै शैक्षिक वातावरणलाई थप सिर्जनशील र प्रेरणादायी बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजक समितिले जनाएको छ।
“ज्ञानले दिशा दिन्छ, उत्प्रेरणाले यात्रा अघि बढाउँछ।”
यही विश्वासका साथ सम्पन्न उक्त कार्यक्रम सहभागीहरूका लागि प्रेरणा, ऊर्जा र सम्भावनाको नयाँ अध्याय बन्न सफल भएको छ।




Leave a Reply