Janajyoti Campus

स्नातक चौथो वर्ष – २०८२ का विद्यार्थीहरूको “विदाई तथा फेरि भेटौला कार्यक्रम” सम्पन्न

मिति: २०८३ जेठ ३१ गते
जनज्योति क्याम्पसका प्रथम वर्ष, द्वितीय वर्ष, तृतीय वर्ष तथा चौथो वर्ष-२०८३ को आयोजनामा आज मिति २०८३/०२/३१ गते स्नातक चौथो वर्ष – २०८२ मा अध्ययनरत विद्यार्थीहरूको “विदाई तथा फेरि भेटौला कार्यक्रम” सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व जनज्योति क्याम्पस चौथोवर्षका विद्यार्थी सपना लम्सालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेश सभा सदस्य तथा जनज्योति क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जीत प्रकाश आले रहनुभएको थियो। कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठ, क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई, उपप्राध्यापक सीतादेवी भट्टराई, शिक्षाशास्त्र संकाय प्रमुख हरिप्रसाद सुवेदी, व्यवस्थापन संकाय प्रमुख नारायण मरासेनी, उपप्राध्यापक दीपक भट्टराई, उपप्राध्यापक लक्ष्मी श्रेष्ठ, सहायक प्राध्यापक जनकराज श्रेष्ठ, खुमाकान्त अर्याल, कमलकान्त सुवेदी, लेखापाल कमला पौडेल, सहायक प्रशासक सुनिल पाठक तथा स्ववियु सभापति विप्लव भण्डारीलगायत शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले बिदाइ हुने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतारेर समाज र राष्ट्र निर्माणमा योगदान पुर्‍याउन आग्रह गर्नुभयो। प्रमुख अतिथि माननीय जीत प्रकाश आलेले विद्यार्थीहरूको सफल शैक्षिक तथा व्यावसायिक यात्राको शुभकामना व्यक्त गर्दै क्याम्पसको शैक्षिक उन्नयनमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य तथा मायाको चिनो वितरण गरिएको थियो। सहभागी विद्यार्थीहरूले क्याम्पसमा बिताएका अविस्मरणीय क्षणहरू स्मरण गर्दै एकअर्कासँग पुनः भेट हुने आशासहित भावुक वातावरणमा कार्यक्रम सम्पन्न गरेका थिए। अन्त्यमा सभापति सपना लम्सालले उपस्थित सम्पूर्ण अतिथि, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
सांस्कृतिक प्रस्तुतिहरू, गीत, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। आपसी सद्भाव, सम्मान र शुभकामनाको वातावरणमा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा स्वागत मन्तव्य बिएड तृतीय वर्षका सलिना थापाले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन स्नातक चौथो वर्ष का विद्यार्थीहरू श्रीराम थापा र अर्चना गैह्रेले गर्नुभएको थियो।

Gallery

Leave a Reply

Your email address will not be published. Required fields are marked *