मिति २०८२ मङ्सिर २९ गतेका दिन जनज्योति क्याम्पसको आयोजना एवम् गण्डकी प्रदेश लोकसेवा आयोगको समन्वयमा नव आगन्तुक विद्यार्थी स्वागत तथा लोकसेवा आयोग परीक्षा प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्रमुख केशवराज काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष, गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक ममिला मन्त्री एवम् प्रदेश सभा सदस्य माननीय श्री जीतप्रकाश आले, विशिष्ट अतिथि गण्डकी प्रदेश लोकसेवा आयोगका माननीय अध्यक्ष विष्णुप्रसाद नेपाल, गण्डकी प्रदेश लोकसेवा आयोगका माननीय सदस्य कल्पना लम्साल र जनज्योति क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठले कार्यक्रमको प्रभावकारिता र महत्त्वको बारेमा जानकारी दिँदै शुभकामना मन्तव्य दिनुभएको थियो । सोही कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई क्याम्पसको तर्फबाट क्याम्पसको नाम अङ्कित ब्याज(Badge) प्रदान गरी स्वागत गरिएको थियो। गण्डकी प्रदेश लोकसेवा आयोगका निमित्त सचिव शिला बरालले लोकसेवा आयोग परीक्षा प्रणाली सम्बन्धी आधारभूत कुराहरूको सम्बन्धमा अभिमुखीकरण गराउनुभएको थियो । जनज्योति क्याम्पसका प्राध्यापक कर्मचारीहरू, स्वतन्त्र विद्यार्थी युनियन सभापति पदाधिकारी एवं सदस्यहरू, SQMC संयोजक एवं सदस्यहरू तथा सम्पूर्ण विद्यार्थीहरू को उपस्थितिमा सम्पन्न कार्यक्रम मा कार्यक्रमको औचित्य र स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख एवं अतिरिक्त क्रियाकलाप समिति संयोजक शिवदत्त चापागाईं ले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जनज्योति क्याम्पसका उपप्राध्यापक दीपक भट्टराईले गर्नुभएको थियो ।





Leave a Reply