परोपकारी सँस्था ”सेवाका लागि युवा” पोखरा, कास्कीको आयोजना एवम् युवा रेडक्रस सर्कल, जनज्योति क्याम्पसको समन्वयमा जनज्योति क्याम्पसमा छात्राहरूको लागि अति आवश्यक स्यानिटरी प्याड, मास्क एवम् स्यानिटाइजर एक कार्यक्रमका बिच सँस्थाको तर्फबाट छेवाङ्ग कर्मा तामङ्ग ले क्याम्पस प्रमुख केशवराज काफ्लेलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले यस किसिमको कार्यले युवाहरुलाई सहि बाटोमा हिडाउन सहयोग मिल्ने बताउदै आयोजकलाई क्याम्पसको तर्फबाट आभार प्रकट गर्नुभयो । सोही अवसरमा क्याम्पसमा गोविन्द गैह्रेको संयोजकत्वमा एक समिति समेत गठन भएको छ ।।
Leave a Reply