Janajyoti Campus

शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

जनज्योति क्याम्पस भिमाद – ६, तनहुँ
आज मिति २०८१ चैत ३१ गते आइतवारका दिन अतिरिक्त क्रियाकलाप समितिका संयोजक तथा सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षता र प्रमुख अतिथि क्याम्पस प्रमुख केशवराज काफ्ले ज्यूको प्रमुख आतिथ्यतामा जनज्योति क्याम्पस भिमादका प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरूका बिच आउँदै गरेको वि.स. २०८२ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी सबैले जनज्योति क्याम्पसको सम्पूर्ण शैक्षिक परिवार — प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा आपसी सद्भाव, सहकार्य, तथा परस्पर सम्मानका माध्यमबाट क्याम्पसको शैक्षिक उत्कृष्टता, समावेशिता र समृद्धिको यात्रालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *