आज मिति २०८०/०३/०८ गते शुक्रबारका दिन पब्लिक क्याम्पस प्राध्यापक संघ (PUCTA), जनज्योति क्याम्पस एकाई द्वारा “वैदेशिक शिक्षा, आवश्यकता कि बाध्यता ” भन्ने विषयमा आन्तरिक क्याम्पस स्तरिय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता इकाई सभापति हरि प्रसाद सुवेदीले गर्नु भएको थियो भने कार्यक्रममा क्याम्पस प्रमुख केशव राज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवादत्त चापागाईं, परीक्षा समिति प्रमुख सीता देवी भट्टराई, स्ववियु सभापति विवश पराजुली लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । PUCTA इकाई सचिव दीपक भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने वक्तृत्वकला प्रतियोगितामा १७ जना विध्यार्थीहरुले सहभागीता जनाएका थिए । प्रतियाेगिताबाट वि एड प्रथम बर्षकी छात्रा अर्चना गैह्रे प्रथम, विविएस दोस्रो वर्षका छात्र तुलप्रसाद श्रेष्ठ द्वितीय, विविएस प्रथम बर्षकी छात्रा सपना लम्साल तृतीय र विएड तेस्रो बर्षका छात्र मिलन रिजालले सान्त्वना स्थान हासिल गरेका थिए ।
यसैबीच आजै क्याम्पसको आन्तरिक परीक्षा समितिले शै.ब. २०७९/०८० को अन्तिम आन्तरिक परीक्षाको नतिजा प्रकाशन साथै पुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न गरेको छ।
Leave a Reply