065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

बधाई, स्वागत् एवं धन्यवाद कार्यक्रम सम्पन्न,

आज मिति २०८१ साल जेठ २३ गते बुधबारका दिन जनज्योति क्याम्पस मा नवनिर्वाचित सञ्चालक समिति, अनुगमन तथा मूल्याङ्कन समिति र सामाजिक परीक्षण समितिका पदाधिकारी एवं सदस्यहरू लाई बधाई एवं स्वागत् तथा निवर्तमान समितिका सदस्यलाई धन्यवाद कार्यक्रम सम्पन्न भयो । क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री माननीय जित प्रकाश आले, अनुगमन एवं मूल्याङ्कन समितिका संयोजक तथा भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, सामाजिक परीक्षण समिति संयोजक चन्द्रप्रकाश सुवेदी लगायत सदस्यहरूलाई बधाई एवं स्वागत गरिएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जितप्रकाश आलेले नवनिर्वाचित सदस्यहरूलाई बधाई एवं निवर्तमान सदस्यहरूलाई धन्यवाद दिनुहुँदै क्याम्पस मा अध्ययन गर्ने विद्यार्थीहरू लाई कसरी सहुलियतमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने तर्फ केन्द्रित हुनुपर्ने बताउँदै आगामी वर्ष क्याम्पसको छात्रवृत्तिका लागि छिमेकी पालिकाहरू मार्फत अक्षयकोष स्थापना गर्नको लागि पहल गर्ने र अभियानको रुपमा “अक्षयकोष वर्ष २०८१” कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । त्यस्तै नगर प्रमुख एवं अनुगमन एवं मूल्याङ्कन समिति संयोजक श्री दधिराज सुवेदीले क्याम्पसले हालसम्म हासिल गरेको उपलब्धि प्रति खुसी व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि जुनसुकै किसिमको सहयोग गर्न पनि भिमाद नगरपालिका सदैव तत्पर रहने बताउनुभयो । कार्यक्रममा औषधि व्यवसायीसँग गण्डकी प्रदेशका उपाध्यक्ष दयानिधि पौडेल, आमन्त्रित सदस्य क्याप्टेन खड्कबहादुर थापा, निवर्तमान सदस्य हरू बाबुराम सुनार र कल्पना सुवेदी लगायतले पनि बोल्नुभएको थियो । प्राध्यापक संघ सभापति हरिप्रसाद सुवेदीले स्वागत गर्नुभएको कार्यक्रम को सञ्चालन सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले गर्नुभएको थियो ।

आजको कार्यक्रममा नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई बधाई, स्वागत् एवं प्रमाण-पत्र प्रदान गरिएको थियो भने निवर्तमान सदस्यहरूलाई धन्यवाद एवं सम्मान-पत्र प्रदान गरियो ।

त्यसैगरी क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा बृहत स्वास्थ्य शिविरलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि विभिन्न किसिमको सहयोग गर्नुहुने महानुभावहरुलाई पनि उहाँहरुले गर्नुभएको सहयोगको उच्च मूल्याङ्कन गर्दै प्रशंसा-पत्र प्रदान गरिएको थियो ।

नवनिर्वाचित सञ्चालक समिति:

१. अध्यक्ष: मा. जित प्रकाश आले

२. उपाध्यक्ष: श्री उमाकान्त श्रेष्ठ

३. सदस्य: श्री शारदा खनाल

४. सदस्य: श्री जीवनाथ अर्याल

५. सदस्य: श्री गोपालप्रसाद पराजुली

६. सदस्य श्री इन्दिरा खड्का

७. सदस्य: श्री मौसम शर्मा गैह्रे

८. सदस्य: श्री चुडामणि खनाल

९. सदस्य: श्री मिलन आले

१०. सदस्य श्री अरविन श्रेष्ठ

११. सदस्य: श्री हस्तबहादुर खड्का

१२. सदस्य: श्री कृष्णकला सुवेदी

१३. सदस्य: श्री नरेन्द्र थापा

१४. सदस्य: श्री पदमराज सेन

१५. सदस्य: श्री श्यामसुन्दर जोशी

१६. सदस्य: त्रिवि प्रतिनिधि

१७. सदस्य: श्री हरिप्रसाद सुवेदी

१८. सदस्य-सचिव: केशवराज काफ्ले

आमन्त्रित सदस्यहरु:

१. क्या. खड्कबहादुर थापा

२. दशरथ गैह्रे

अनुगमन एवं मूल्याङ्कन समिति:

१. संयोजक: श्री दधिराज सुवेदी

२. सदस्य: श्री खिमाकान्त पराजुली

३. सदस्य: श्री हरिश्चन्द्र गैह्रे

४. सदस्य: श्री गोपालप्रसाद सुवेदी

५. सदस्य-सचिव: श्री लक्ष्मी श्रेष्ठ

सामाजिक परीक्षण समिति:

१. संयोजक: श्री चन्द्रप्रकाश सुवेदी

२. सदस्य: श्री विजयराज गौतम

३. सदस्य: श्री उदयराज सुवेदी

४. सदस्य: श्री दिननाथ पराजुली

५. सदस्य: श्री केशवराज अर्याल

सम्मानपत्र प्राप्त गर्ने विभिन्न समितिका निवर्तमान सदस्यहरू:

रमेश चन्द्र सुवेदी, पदमराज सुवेदी, राजेश्वर खनाल, केशरी अर्याल, बाबुराम सुनार, कल्पना सुवेदी, जगन्नाथ सुवेदी, तारादेवी सुवेदी, बिहिसरा राना, प्रकाश श्रेष्ठ, सूर्यनाथ पौडेल, राजन आले, दयानिधि पौडेल, प्रेम कुमार श्रेष्ठ, शारदा भण्डारी सुवेदी, माधव गैह्रे तथा मनबहादुर परियार

प्रशंसापत्र प्राप्त गर्ने सहयोगदाताहरू:

नेपाल औषधि व्यवसायी सङ्घ गण्डकी प्रदेश, नेपाल औषधि व्यवसायी सङ्घ तनहुँ जिल्ला समिति, भिमाद एफएम १००.९ मेघाहर्ज, ईश्वर न्यौपाने, टुकामणि सिग्देल, पदमकुमार श्रेष्ठ, शिवकुमार श्रेष्ठ, उदयराज सुवेदी, सरद गैह्रे, सन्तोष बिक, राजन नेपाली, पवन अधिकारी, रामचन्द्र पौडेल, खुमबहादुर थापा र विजय मल्ल ठकुरी

यसैबीच जनज्योति क्याम्पस मा अध्ययनरत विद्यार्थीहरू को संयोजनमा विश्व वातावरण दिवस को अवसर पारेर यस वर्षको वृक्षारोपण कार्यक्रमको समेत शुभारम्भ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *