Janajyoti Campus

पाठ्यक्रम सम्बन्धी सुझाव संकलन कार्यक्रम सम्पन्न

आज मिति २०८० साल माघ २३ गते मंगलबारका दिन जनज्योति क्याम्पस प्राज्ञिक समितिको आयोजनामा त्रि.वि. स्नातक तहमा अध्यापन हुने पाठ्यक्रम सम्बन्धी सुझाव संकलन कार्यक्रम विभिन्न क्षेत्र तथा संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, संचालक समिति, प्राध्यापक कर्मचारी र विद्यार्थीहरूको सहभागितामा सम्पन्न भएको छ । प्राज्ञिक समितिका संयोजक एवम् क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिधि भिमाद न.पा. युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख पदमराज आचार्य, क्याम्पस संचालक समिति उपाध्यक्ष उमाकान्त श्रेष्ठ, तनहुँ प्राविधिक शिक्षालय प्रमुख प्रदिप राज पौडेल, भिमाद नगर उद्योग वाणिज्य संघ अध्यक्ष हस्तबहादुर खड्का, अमर भू.पू. स्कूलका प्रिन्सिपल राजेन्द्र पन्त, कुमारी बैंक भिमाद शाखा प्रबन्धक तुलसीराम अचार्य, एन.एम.वि. बैंकका प्रतिनिधि शैलेष अधिकारी र खेमकान्त श्रेष्ठ, प्राध्यापकको तर्फबाट उप-प्राध्यापक हरिप्रसाद सुवेदी एवम् सहायक प्राध्यापक राजु परियार, विद्यार्थी तर्फवाट सुजन पौडेल, नेहाल गुप्ता रौनियार, मिलन रिजाल र मनिका थापा लगायतले पाठ्यक्रम सम्बन्धी रचनात्मक सुझाव दिनु भएको थियो क्याम्पस संचालक समिति सदस्य गोपाल प्रसाद पराजुली, इन्दिरा खड्का लगायतको उपस्थितिमा भएको कार्यक्रममा कार्यक्रमको औचित्यको बारेमा जानकारी एवम् सहभागीहरूलाई स्वागत सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईले गर्नु भएको थियो भने टिप्पणी उप-प्राध्यापक सीता देवि भट्टराई र सहायक प्राध्यापक जनकराज श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको संचालन उप-प्राध्यापक लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *