Janajyoti Campus

डेङ्गी रोग नियन्त्रण सम्बन्धि सचेतना कर्यक्रम एवम् प्रभातफेरी कार्यक्रम

आज मिति २०८०/०६/१८ का दिन जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आयोजना एवम् भिमाद नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा डेङ्गी रोग नियन्त्रण सम्बन्धि सचेतना कर्यक्रम एवम् प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र, भिमादका प्रमुख डा. प्रशान्त मिश्रले डेङ्गी रोग र यसबारे कसरी बच्ने भन्ने बारेमा उपस्थित जनज्योति क्याम्पस तथा जनज्योति मा वि का विद्यार्थीहरुलाई सचेत गराउनुभयो । उक्त कार्यक्रममा नगर प्रमुख दाधिराज सुवेदी र क्याम्पस प्रमुख केशव राज काफ्लेले डेङ्गी रोग र यसबाट बच्न सजगता अपनाउन अत्यन्तै जरुरी भएको बताउनुभएको थियो । प्राध्यापक संघ सभापति हरि प्रसाद सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा औपचारिक कार्यक्रम पश्चात् विभिन्न सचेतना मुलक नारा सहितका प्ले कार्ड लिएर नगर प्रमुख दाधिराज सुवेदी, वार्ड नं ६ का वडाध्यक्ष श्यामसुन्दर जोशी, सञ्चालक समिति सदस्य कल्पना सुवेदी, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा प्रशान्त मिश्र, स्वास्थ्य शाखा प्रमुख टुकामणी सिग्देल, क्याम्पस प्रमुख केशवराज काफ्ले लगायत सम्पूर्ण प्राध्यापक कर्मचारी, स्वास्थ्य शाखाका कर्मचारीहरु तथा विद्यार्थीहरुको सहभागितामा भिमाद बजार परिक्रमा भएको थियो । सोही अवसरमा डेङ्गी रोगको लामखुट्टे फैलन सक्ने संभावित स्थानमा गई सम्बन्धित व्यक्तिहरूलाई सचेत समेत गराइएको थियो । बजार परिक्रमा पश्चात् भिमाद नगरपालिका स्वास्थ्य शाखा प्रमुख टुकामणी सिग्देलले यस किसिमको कार्यक्रम आयोजना गरेको प्रति जनज्योति क्याम्पस परिवार एवम् सहभागी सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *