आज मिति २०८२ साल भदौ १९ गते बिहीवारका दिन जनज्योति क्याम्पस सञ्चालक समितिका अध्यक्ष, गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आर्थिक मामिला मन्त्री माननीय जीत प्रकाश आलेको अध्यक्षतामा केही विधान संशोधन तथा विभिन्न वार्षिक प्रतिवेदन हरू माथि छलफल गर्दै, सुधारका उपायका सम्बन्धमा प्राप्त सुझावलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धताका साथ दीर्घकालीन महत्वका विभिन्न नीतिगत निर्णय गर्दै १८ औँ क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सभाको शुभारम्भ गर्नुहुँदै सञ्चालक समिति अध्यक्ष जित प्रकाश आलेले क्याम्पसको उन्नति र प्रगतिका निम्ति सबैको सहयोग रहनुपर्ने बताउनुभयो । सभामा भिमाद नगरपालिकाका नगर प्रमुख एवं क्याम्पस अनुगमन तथा मूल्याङ्कन समिति संयोजक दधिराज सुवेदी, नगर उपप्रमुख एवं सञ्चालक समिति सदस्य शारदा खनाल, भिमाद नगरपालिका वडा नं ५ का वडाध्यक्ष पदम बहादुर थापा, संस्थापक सदस्य रमेश चन्द्र सुवेदी, अक्षय कोष दाता पदमराज सुवेदी, क्याम्पस सञ्चालक समितिका सदस्य एवं जनज्योति माविका अध्यक्ष दयानिधि पौडेल, आमा समूहको तर्फबाट शिला क्षेत्री र क्याम्पस सभा सदस्य धुर्वराज सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो। क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं, उपप्राध्यापक सीतादेवी भट्टराई, हरिप्रसाद सुवेदी, दिपक भट्टराई, लक्ष्मी श्रेष्ठ, नारायण मर्सेनी, जनकराज श्रेष्ठ तथा सामाजिक परीक्षण समिति संयोजक चन्द्रप्रकाश सुवेदीले आ आफ्नो समितिका प्रतिवेदन पेश गर्नुभएको थियो। सोही अवसर पारेर ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय ऊर्जा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र केन्द्रको सहयोगमा प्राप्त भएका इन्डक्सन चुलो विद्यार्थीहरूलाई वितरण गरिएको थियो।
 
			 
     
		 
			



 
     
     
     
    
Leave a Reply