Janajyoti Campus

अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०८२ साल कार्तिक २३ गते आइतबारका दिन जनज्योति क्याम्पसको बृहत्तर विकास र स्थायित्वका लागि भिमाद नगरपालिका क्याम्पस सञ्चालक समिति, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि क्याम्पस प्रशासन, प्राध्यापक कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, सल्लाहकार सदस्य पुष्पराज पराजुली भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, पूर्व उपाध्यक्ष एवं सल्लाहकार काजीमान श्रेष्ठ, वडा अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य इन्दिरा खड्का सञ्चालक समिति सदस्यहरू गोपालप्रसाद पराजुली जीवनाथ अर्याल, मिलन आले नरेन्द्र थापा कृष्णकुमारी सुवेदी त्यसैगरी नेपाली कांग्रेस भिमाद नगर कार्यसमिति सभापति अरविन श्रेष्ठ नेकपा एमाले भिमाद नगर कमिटी अध्यक्ष इमानबहादुर थापा माओवादी केन्द्रका अध्यक्ष अमृत सिग्देल राष्ट्रिय स्वतन्त्र पार्टी भिमाद नगर सभापति हरिप्रसाद लम्सल राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधि धुर्वराज सुवेदी, पूर्व विद्यार्थी सङ्घका अध्यक्ष सुनिल श्रेष्ठ, स्ववियु सभापति विप्लव भण्डारी, नेविसंघ सभापति अमृत गैह्रे लगायतले क्याम्पसको बृहत्तर विकास र स्थायित्वका लागि सबै मिलेर अगाडि बढ्ने कुरामा आफु प्रतिबद्ध रहने विचार राख्नुभएको थियो । क्याम्पस प्रमुख केशवराज काफ्लेले कार्यक्रममा स्वागत् गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियाे भने सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले सहजिकरण गर्नुभएको थियाे र प्राध्यापक संघ सभापति हरिप्रसाद सुवेदीले कार्यक्रममम वक्ताहरुले बाेल्नुभएकाे विषय वस्तु टिपाेट गर्नु भएको थियाे उक्त कार्यक्रममा प्रध्यापक एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियाे ।

अन्तरक्रियामा क्याम्पसको बृहत्तर विकास र स्थायित्वको लागि विद्यमान संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही सबै पक्षको सहमतिमा सहयोग गर्न स्थानीय सरकार सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरियो साथै क्याम्पसको प्रभाव क्षेत्रभित्र रहेका स्थानीय तहहरूबीच बृहत शैक्षिक भेला आयोजना गर्ने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *