मङ्सिर १६ गते जनज्योति क्याम्पस, भिमाद
जनज्योति क्याम्पस भिमाद तनहुँको १८ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री माननीय जीतप्रकाश आलेको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ। बयोवृद्ध समाजसेवी व्यक्तित्व पुण्यशील सुवेदी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विशिष्ट अतिथि भिमाद नगरपालिका नगर प्रमुख दधिराज सुवेदी, भिमाद नगरपालिका उपप्रमुख शारदा खनाल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं क्याम्पस आजीवन सदस्य पुष्पराज पराजुली, क्याम्पस सञ्चालक समितिका पूर्व उपाध्यक्ष काजीमान श्रेष्ठ, भिमाद नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन, पब्लिक क्याम्पस संघका केन्द्रीय सल्लाहकार एवं कालिका बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख वीरन्जी गौतम, पब्लिक क्याम्पस संघ गण्डकी प्रदेश अध्यक्ष तथा जनप्रकाश बहुमुखी क्याम्पस भण्डारढिक कास्कीका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, क्याम्पसका सल्लाहकारहरू, आजीवन सदस्यहरू, क्याम्पस सभासद, विभिन्न टोल विकास संस्था, आमा समूह, विभिन्न संघ संस्था युवा क्लबका प्रतिनिधिहरु एवं सदस्यहरू, विभिन्न शैक्षिक संस्था एवं वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, पूर्व विद्यार्थीहरु, अभिभावकहरु, स्वतन्त्र विद्यार्थी युनियन, SQMC लगायत विद्यार्थीहरु, प्राध्यापक एवम् कर्मचारीहरु समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममाक्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न महानुभावहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं क्याम्पस आजीवन सदस्य पुष्पराज पराजुली, क्याम्पस सल्लाहकार एवम् पूर्व उपाध्यक्ष काजीमान श्रेष्ठ, पब्लिक क्याम्पस संघका केन्द्रीय सल्लाहकार एवं कालिका बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख वीरन्जी गौतम, पब्लिक क्याम्पस संघ गण्डकी प्रदेश अध्यक्ष तथा जनप्रकाश बहुमुखी क्याम्पस भण्डारढिक कास्कीका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, नेकपा एमाले भिमाद नगर कमिटी अध्यक्ष इमानबहादुर थापा, साविक नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष अमृत सिग्देल, भिमाद नगरपालिका वडा नं ५ र ७ का वडा अध्यक्ष क्रमश: पदमबहादुर थापा र प्रकाश श्रेष्ठ, स्वतन्त्र विद्यार्थी युनियन सभापति विप्लव भण्डारी, पूर्व विद्यार्थी संघ अध्यक्ष सुनिल श्रेष्ठ
प्राध्यापक-कर्मचारी सम्मान कार्यक्रम :
उत्कृष्ट शैक्षिक एवं प्राज्ञिक कार्य गरेबापत नर्मदा-नीलकण्ठ पराजुली स्मृति अक्षयकोषबाट प्राध्यापक-कर्मचारी प्रोत्साहन अन्तर्गत क्याम्पस प्रमुख सह-प्राध्यापक केशवराज काफ्ले, उप-प्राध्यापक दीपक भट्टराई र लेखापाल कमला पौडेललाई सम्मान गरिएको थियो भने त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षामा उच्च औषत अङ्क प्राप्त गरेबापत शिक्षाशास्त्र संकायका उप-प्राध्यापक सितादेवी भट्टराई र व्यवस्थापन संकायका सहायक प्राध्यापक जनकराज श्रेष्ठ सम्मानित हुनुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रम :
विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो जसअनुसार स्नातक तह उत्तीर्ण हुने ३० जना विद्यार्थीहरू स्नातक उपाधिबाट विभूषित भएका थिए भने विभिन्न खेलकुद कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।

सम्मान-पत्र प्रदान,
जनज्योति क्याम्पसको स्थापनामा महत्त्वपूर्ण योगदान गर्ने संस्थापकहरू तथा सर्वाधिक राशिको चन्दादाता एवं अक्षयकोष दाताहरूलाई पनि सम्मान गरिएको थियो जसअनुसार;
सञ्चालक समितिका संस्थापक उपाध्यक्ष देवीभक्त पालिखे, सदस्यहरू क्रमश: रमेशचन्द्र सुवेदी, धुर्वराज सुवेदी, धर्मराज खनाल, क्याप्टेन मनबहादुर राना, हुद्धबहादुर थापा, मिठू सुनार, संस्थापक क्याम्पस प्रमुख खिमाकान्त पराजुली र मरणोपरान्त सम्मान स्व. पुष्पराज गैह्रे ।
सर्वाधिक राशिको चन्दा दाताहरू मध्येबाट स्वर्गीय पदमबहादुर आलेको परिवार तथा सर्वाधिक राशिको अक्षय कोष दाताहरू मध्येबाट पदमराज सुवेदी सम्मानित हुनुभएको थियो ।
प्रशंसा-पत्र प्रदान:
जनज्योति क्याम्पस परिसरमा रहेको फूलबारी तथा बगैंचाको संरक्षण र सरसफाइमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा शहिद पार्क टोल विकास संस्था, नवनिर्मित आमा समुह, अग्रसर आमा समुह, मातृशिशु आमा समुह र एकता टोल भविष्य निर्माण महिला समूहलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो ।
अक्षयकोषको लागि चेक हस्तान्तरण,
१८ औँ वार्षिकोत्सवको दिन क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जितप्रकाश आलेको परिवारबाट एक वर्ष अगाडि स्वर्गीय पिताजी पदम बहादुर आलेको सतवार्षिकीको अवसर पारेर जनज्योति क्याम्पसमा स्थापना गर्नुभएको रू. ५०५५५५/- को पदम बहादुर आले स्मृति अक्षयकोषको लागि उल्लेखित रकमको चेक क्याम्पस प्रमुख केशवराज काफ्लेलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त कोषबाट प्राप्त ब्याज कमजोर आर्थिक अवस्थाका कारण क्याम्पसमा भर्ना समेत हुन नसक्ने विपन्न विद्यार्थीहरूका लागि खर्च गरिने बताइएको छ।

सोही कार्यक्रममा जनज्योति क्याम्पस स्व.वि.यू.ले क्याम्पसलाई खेलकुद समाग्री हस्तान्तरण समेत गरेकाे थियोे । त्यसैगरी अनुग्रह चर्च भिमादद्वारा स्नातक तह वि.एड. प्रथम वर्षका छात्रा भूमिसरा नेपालीलाई सहयोग स्वरुप रु.८०००/- (अक्षरुपी आठ हजार रुपैयाँ) रकम हस्तान्तरण भएको थियो ।

जनज्योति क्याम्पस परिवार उहाँहरुप्रति हार्दिक आभार प्रकट गर्दछ ।






Leave a Reply