मङ्सिर १६ गते जनज्योति क्याम्पस, भिमाद
जनज्योति क्याम्पस भिमाद तनहुँको १७ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय शंकर भण्डारीको प्रमुख आतिथ्यता र क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री माननीय जीतप्रकाश आलेको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथि प्रतिनिधि सभाका निवर्तमान सांसद केदार सिग्देल, भिमाद नगरपालिका नगर प्रमुख दधिराज सुवेदी, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, भिमाद नगरपालिका उपप्रमुख शारदा खनाल, क्याम्पस सञ्चालक समितिका पूर्व उपाध्यक्ष काजीमान श्रेष्ठ, भिमाद नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत कमल पुन, शिक्षा शाखा प्रमुख सन्दिप पौडेल, पब्लिक क्याम्पस संघ गण्डकी प्रदेश अध्यक्ष तथा जनप्रकाश बहुमुखी क्याम्पस भण्डारढिक कास्कीका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, क्याम्पसका सल्लाहकारहरू, आजीवन सदस्यहरू, क्याम्पस सभासद, विभिन्न टोल विकास संस्था, आमा समूह, विभिन्न संघ संस्था युवा क्लबका प्रतिनिधिहरु एवं सदस्यहरू, विभिन्न शैक्षिक संस्था एवं वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, पूर्व विद्यार्थीहरु, अभिभावकहरु, स्वतन्त्र विद्यार्थी युनियन, SQMC लगायत विद्यार्थीहरु, प्राध्यापक एवम् कर्मचारीहरु समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममाक्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न महानुभावहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी,
निवर्तमान सांसद केदार सिग्देल,
भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदी,
ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ,
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा,
म्याग्दे गाउँपालिका उपाध्यक्ष बाल कृष्ण घिमिरे,
क्याम्पस सल्लाहकार एवम् पूर्व उपाध्यक्ष काजीमान श्रेष्ठ, वडाध्यक्ष श्याम सुन्दर जोशी,
पब्लिक क्याम्पस संघ गण्डकी प्रदेश अध्यक्ष ऋषिराम बुढाथोकी, पूर्व विद्यार्थी संघ अध्यक्ष सुनिल श्रेष्ठ
प्राध्यापक-कर्मचारी सम्मान कार्यक्रम :
उत्कृष्ट कार्यसम्पादन गरेबापत नर्मदा नीलकण्ठ पराजुली स्मृति अक्षय कोषबाट प्राध्यापक-कर्मचारी प्रोत्साहन अन्तर्गत उप-प्राध्यापक लक्ष्मी श्रेष्ठ र कार्यालय सहयोगी गोमा कुमाल तथा उत्कृष्ठ अनुसन्धानात्मक कार्य गरेबापत व्यवस्थापन संकायका उप-प्राध्यापक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईलाई सम्मान गरिएको थियो ।



पुरस्कार वितरण कार्यक्रम :
विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो जसअनुसार स्नातक तह उत्तीर्ण हुने १७ जना विद्यार्थीहरू स्नातक उपाधिबाट विभूषित भएका थिए भने विभिन्न खेलकुद कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।
प्रशंसापत्र प्रदान,
जनज्योति क्याम्पस परिसरमा रहेको फूलबारी तथा बगैंचाको संरक्षण र सरसफाइमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको मा शहिद पार्क टोल विकास संस्था, नवनिर्मित आमा समुह, अग्रसर आमा समुह र मातृशिशु आमा समुह लाई प्रशंसापत्र प्रदान गरिएको थियो ।


अक्षयकोष स्थापना,
१७ औँ वार्षिकोत्सव को अवसर पारेर क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जितप्रकाश आलेको परिवारबाट आफ्नो पिताजी स्वर्गीय पदम बहादुर आलेको सतवार्षिकीको अवसर पारेर जनज्योति क्याम्पसमा रू. ५०५५५५/- को पदम बहादुर आले स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ भने पूर्वमन्त्री एबम् सांसद शंकर भण्डारीले यस अघि नै स्थापना गर्नुभएको अक्षयकोष मा आफ्नो स्वर्गीय हजुरबुबाको स्मृतिमा रू १ लाख थप गर्नुभएको छ । जनज्योति क्याम्पस परिवार उहाँहरुप्रति हार्दिक आभार प्रकट गर्दछ ।

Leave a Reply