065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

हिज्जे प्रतियोगिता (Spelling Contest) सम्पन्न,

जनज्योति क्याम्पस, भिमाद, शिक्षा शास्त्र संकायको आयोजनामा विद्यार्थीहरू बीचमा Spelling Contest (हिज्जे प्रतियोगिता) सम्पन्न भएको छ । जनज्योति क्याम्पस शिक्षाशास्त्र सङ्काय प्रमुख हरिप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जम्मा नौ वटा समूहको सहभागिता रहेको थियो । कार्यक्रममा शुभकामना दिनुहुँदै क्याम्पस प्रमुख केशवराज काफ्लेले आयोजक लाई धन्यवाद दिनुहुँदै यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुहुँदै सहभागी र विजयी विद्यार्थीहरुलाई बधाई दिनुभयो । क्याम्पसका प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको प्रतियोगितामा प्रथम वि. एड. दोस्रो वर्षका अर्चना गैह्रे, सुशीला श्रेष्ठ र पद्मा राना, द्वितीय बिबिएस तेस्रो वर्षका सिर्जना सुनार, सुष्मा ढकाल र मनिषा श्रेष्ठ तथा तृतीय हुने दुई समुह बिबिएस तृतीय वर्षका दिव्यानी थापा, बिना थापा र नेहाल गुप्ता रौनियार र बिबिएस प्रथम वर्षका आशा सुनार, लक्ष्मी लम्साल र विवश थापा भएका थिए । उप-प्राध्यापक सीता देवी भट्टराईले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक विनोद थापाले गर्नुभएको थियो । आजै प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

त्यसैगरी कार्यक्रम सम्पन्न भएपश्चात क्याम्पस प्रमुख को अध्यक्षतामा भएको नियमित स्टाफ मिटिङ्गमा कार्यक्रमको समिक्षा गरियो साथै कार्यक्रमको आयोजना गरेकोमा शिक्षा शास्त्र संकाय र प्राविधिक एवम् अन्य सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद आभार व्यक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *