जनज्योति क्याम्पस भिमाद, तनहुँले मिति २०७९ माघ २० गते विभिन्न सांस्कृतिक कार्यक्रमका साथ आफ्नो १५औं वार्षिकोत्सव एवम् अभिभावक भेला भव्यताका सम्पन्न गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सांसद माननीय जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्वमन्त्री एवम् तनहुँ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद माननीय शंकर भण्डारीले क्याम्पसले गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउदै विद्यार्थीहरुले समेत यसका लागि निरन्तर मिहिनेत गर्नुपर्ने बताउनुभयो भने यस क्याम्पसबाट स्नातक उत्तीर्ण विद्यार्थीहरुको रोजगारीमा प्राथमिकता दिने तथा क्याम्पसको वृत्ति विकासमा आफू सदैव साथमा रहने बताउनुभयो ।
विशिष्ट अतिथिको रुपमा आफ्नो धारणा राख्नुहुदैं भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले नगरपालिकाले क्याम्पसमा निरन्तर सहयोग गरेको स्मरण गराउँदै आगामी दिनमा पनि यस किसिमका सहयोग निरन्तर रहने बताउँदै क्याम्पसको प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो । विशेष अतिथि ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, म्याग्दे गाउँपालिकाका निवर्तमान अध्यक्ष मायादेवी राना, घिरिङ्ग गाउँपालिकाका निवर्तमान अध्यक्ष रन बहादुर राना, बरिष्ट पत्रकार विश्वबन्धु भण्डारी, भिमाद नगरपालिका शिक्षा शाखा प्रमुख पदमराज आचार्य, नेकपा एमाले भिमादका अध्यक्ष इमान बहादुर थापा, नेकपा माओवादी भिमाद अध्यक्ष अमृत सिग्देल, सञ्चालक समितिका निवर्तमान उपाध्यक्ष काजिमान श्रेष्ठ, संस्थापक क्याम्पस प्रमुख खिमाकान्त पराजुली, पूर्व विद्यार्थी संघ अध्यक्ष लाल बहादुर थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने धन्यवाद ज्ञापन सञ्चालक समिति सदस्य एवम् वडा नं. ६ का वडाध्यक्ष श्याम सुन्दर जोशीले गर्नुभएको थियो ।
यसै विच १५औं वार्षिकोत्सवको अवसरमा म्याग्दे गाउँपालिकाको सहयोगमा निर्माण सम्पन्न वास्केटबल कोर्टको उद्घाटन प्रमुख अतिथि, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष र निवर्तमान अध्यक्षले संयूक्त रुपमा गर्नु भयो भने घिरिङ गाउँपालिकाको सहयोगमा निर्माण सम्पन्न भएको मञ्चको उद्घाटन प्रमुख अतिथि र घिरिङ गाउँपालिकाका निवर्तमान अध्यक्षले संयूक्त रुपमा गर्नु भयो ।
क्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको वार्षिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा निर्माण समिति संयोजक राजेश्वर खनालले निर्माण सम्वन्धि प्रगति विवरण पेश गर्नुभयो । सञ्चालक समिति उपाध्यक्ष उमाकान्त श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख शिवदत्त चापागार्ईंले गर्नुभएको थियो ।
यसैबिच कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न विधामा प्रथम द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरु, शैक्षिक कार्यक्रममा उत्तीर्ण हुने विद्यार्थीहरु तथा स्नातक उपाधि प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।
यसैबिच १५औं वार्षिकोत्सवको अवसर पारेर प्राध्यापक–कर्मचारीलाई सम्मान समेत गरिएको थियो । जसअनुसार उत्कृष्ट शैक्षिक एवम् प्राज्ञिक कार्य गरे बापत प्राध्यापकहरु क्रमशः शिवदत्त चापागाईं र दीपक भट्टराई र नियमितता, समयवद्धता तथा सक्रियतामा लक्ष्मी श्रेष्ठ तथा उत्कृष्ट कार्य गरेबापत कर्मचारी गोमा कुमाललाई सम्मान गरिएको थियो । त्यस्तै वार्षिकोत्सवको अवसरमा आजिवन सदस्य शोभाकान्त पाण्डेलाई पनि सम्मान गरिएको थियो । सोही कार्यक्रममा मिति २०७९ माघ १८ गते आयोजित रक्तदान कार्यक्रममा सहयोग गर्ने विभिन्न महानुभाव तथा संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरी आजै तनहुँ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद माननीय शंकर भण्डारीले आफ्ना स्व. माता–पिताको स्मृतिमा रु.१,५१,०००/-राशीको स्व. दमयन्ती कुमारी (अम्विका)– दयानिधि भण्डारी स्मृति अक्षयकोष स्थापना, संस्थापक क्याम्पस प्रमुख तथा सामाजिक÷शैक्षिक व्यक्तित्व खिमाकान्त पराजुलीले आफ्ना स्व. माता–पिताको स्मृतिमा रु.१,०१,१११/- राशीको प्राध्यापक–कर्मचारी प्रोत्साहन अक्षयकोष स्थापना, पूर्व विद्यार्थी संघका अध्यक्ष लाल बहादुर थापाद्वारा १ जना विद्यार्थीलाई ३ महिनाको मासिक शुल्क बराबरको छात्रवृत्ती र उक्त विद्यार्थीलाई कम्प्युटर डिप्लोमा कोर्स नि ः शुल्क पढाइदिने घोषणा र प्राध्यापक–अभिभावक संघका सदस्य एवम् मनसुन टेलर्सका प्रोप्राइटर मन बहादुर परियारले ४ जना विद्यार्थीको लागि क्याम्पस पोशाक प्रदान गर्ने घोषणा गर्नुभयो । जनज्योति क्याम्पस परिवार उहाँहरुको राजनीतिक, सामाजिक तथा व्यावसायिक जीवनको सफलताको कामना गर्दै स–धन्यवाद हार्दिक सम्मान व्यक्त गर्दछौं ।
Leave a Reply