Janajyoti Campus

वार्षिकाेत्सव कार्यक्रम सम्पन्न

मिति २०७८ चैत्र २५ गते जनज्योति क्याम्पस भिमादको १४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रदेश आन्तरिक मामिला मन्त्री डाेबाटे बि.क को प्रमुख आतिथ्यमा क्याम्पस संचालक समिति अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विषेश अतिथि भिमाद न.पा. उपप्रमुख शारदा खनाल, क्याम्पस अनुगमन तथा मूल्याङ्कन समिति संयाेजक दधिराज सुवेदी , आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि के सी लगायतकाे उपस्थिति रहेको थियो । कार्यक्रममा अक्षयकोष स्थापक सम्पूर्णलाई सम्मान गरिएको थियो भने क्याम्पसबाट प्रकाशन गरिएको जनज्योति जर्नल लोकार्पण समेत भएको थियो । उक्त अवसरमा शैक्षिक, खेलकुद तथा अन्य अतिरिक्त कार्यक्रमको पुरस्कार पनि वितरण गरिएको थियोे । उक्त कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेद्वारा क्याम्पसको बार्षिक प्रतिवेदन २०७७/०७८ प्रस्तुत गरिएको थियोे साथै कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले गर्नुभएको थियो ।

Photos

Leave a Reply

Your email address will not be published. Required fields are marked *