असार १७, २०७९
जनज्योति क्याम्पस, अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति संयोजक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न १४ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा सन्ध्या गैह्रे, रिम नारायण श्रेष्ठ तथा अमृत परियार क्रमशः प्रथम, द्वितीय तथा तृतीय भएका थिए । अतिरिक्त क्रियाकलाप समिति सदस्य एवं स्ववियू सभापति सुनिल श्रेष्ठले सम्पूर्ण सहभागीलाई स्वागत एवम् शुभकामना व्यक्त गर्नुभएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले, प्राध्यापक संघ सभापति हरि प्रसाद सुवेदीले विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो । सीतादेवी भट्टराई, लक्ष्मी श्रेष्ठ र विनेद थापा निर्णायकको रुपमा रहनुभएको वक्तृत्वकला कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप समिति सदस्य दीपक भट्टराईले गर्नुभएको थियो ।
त्यसैगरी आज नै “सेवाका लागि यूवा” भन्ने संस्थाबाट जनज्योति क्याम्पसको लागि महत्वपूर्ण स्वास्थ्य सामाग्री “सेवाका लागि यूवा” जनज्योति क्याम्पस समिति संयोजक गोविन्द गैह्रे लगायत सदस्यहरुले क्याम्पस प्रमुख केशवराज काफ्लेलाई हस्तान्तरण गरेका थिए ।
जनज्योति क्याम्पस परिवार “सेवाका लागि यूवा” प्रति हार्दिक आभार प्रकट गर्दछ ।
Leave a Reply