065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

२३ मंसिर २०७९

जनज्योति क्याम्पस भिमादमा २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा एवम् प्रदेश सभा सदस्यलाई वधाई, शुभकामना एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । तनहुँ क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शंकर भण्डारी, जनज्योति क्याम्पस सञ्चालक समिति अध्यक्ष एवम् तनहुँ क्षेत्र नं. २ प्रदेश २ बाट नवनिर्वाचित प्रदेश सभा सदस्य जीतप्रकाश आले, भिमाद न.पा.का नगर प्रमुख दधिराज सुवेदी, उप–प्रमुख शारदा खनाल, ऋषिङ गा.पा. अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, वडा अध्यक्षहरु, क्याम्पस सञ्चालक समितिका सदस्यहरु, सल्लाहकारहरु, आजिवन सदस्यहरु, विभिन्न उप–समिति, पूर्व विद्यार्थी, अभिभावक, स्ववियू, प्राध्यापक–कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख केशवराज काफ्लेले गर्नु भएको थियो ।

कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले आफु पनि विद्यार्थी राजनितिबाटनै यस ठाउमा आइपुगेको बताउदै विद्यार्थी जिवनमा जति मेहेनत गर्न सक्यो उतिनै सफलता हासिल हुने बताउनु भयो । भने विद्यार्थीलाई आफ्नो आचरण शुद्ध गर्न सक्यो भने मात्र जिवनमा अगाडि बढ्न सकिने बताउनु हुदै तनहुँ क्षेत्र नं. २ प्रदेश नं. २ मा रहेको एक मात्र क्याम्पसको विकासमा आफ्नो तर्फबाट निरन्तर महत्वपूर्ण सहयोग रहने बताउनु भयो त्यसका लागि सबै पक्षसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् तनहुँ क्षेत्र नं. २ प्रदेश २ बाट निर्वाचित प्रदेश सभा सदस्य जीत प्रकाश आलेले क्याम्पसको विगतदेखि वर्तमानसम्मको वस्तुस्थितीको बारेमा अवगत गराउदै क्याम्पसको विकासको लागि निरन्तर लागि पर्ने वताउनु भयो ।

भिमाद न.पा. नगर प्रमुख दधिराज सुवेदी नवनिर्वाचित प्रतिनिधि सभा एवम् प्रदेश सभा सदस्यहरुलाई बधाई दिनुहुदै क्याम्पसको विकासका साथै यस क्षेत्रको समग्र विकासमा जुट्नको लागि शुभकामना दिनु भयो । त्यसैगरी ऋषिङ गा.पा. राजेन्द्र कृष्ण श्रेष्ठ, भिमाद न.पा. वडा नं. ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशी, क्याम्पस सञ्चालक समिति सदस्य उमाकान्त श्रेष्ठले बधाई एवम् शुभकामना व्यक्त गर्नु हुदै यस क्षेत्रको विकासको लागि शिक्षा क्षेत्रको विकासले महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुहँुदै क्याम्पसको विकासमा यहाँहरुको भूमिका महत्वपूर्ण हुने कुरा बताउनु भयो । स्ववियू सभापति सुनिल श्रेष्ठ, विद्यार्थीहरु सन्ध्या गैह्रे तथा सुजन पौडेलले वर्तमान सन्दर्भमा यस क्षेत्रमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्नु पर्ने कुरामा जोडदिँदै रोजगारदाताका लागि समेत स्पष्ट मापदण्ड तयार पार्नु पर्ने कुरामा सम्बन्धित निकाय जागरुक हुनुपर्ने वताउनु भयो । प्राध्यापक सभापति हरि प्रसाद सुवेदीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन दिपक भट्टराईले गर्नुभएको थियो ।

यसै विच तनहुँ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले आफ्ना दिवंगत माता–पिताको सम्झनामा जनज्योति क्याम्पसका लागि रु १,५१,०००/- (अक्षरुपी एक लाख एकाउन्न हजार रुपैया मात्र)को अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *