065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

प्रारम्भिक अध्ययन सम्पन्न

जनज्योति क्याम्पस भिमाद ६ तनहुँमा मिति २०७९ जेठ २९ देखि ३१ गतेसम्म गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रक्रियाका लागि विश्वविद्यालय अनुदान आयोग (UGC) द्वारा गठित समकक्षी अध्ययन टोली (PRT-संयोजक प्रा.डा. इन्दु आचार्य रUGC स्टाफ सदस्य नविना चौलागाई) ले तिन दिने प्रारम्भिक अध्ययन सम्पन्न गरी क्याम्पस सञ्चालक समिति अध्यक्ष समक्ष आफ्नो सुझाव सहितको प्रतिवेदन पेश गरेको छ ।
यस अघि टोलीले क्याम्पस सरोकार पक्षहरु:– क्याम्पस सञ्चालक समिति, IQAC तथा SAT को संयोजक तथा सदस्यहरु, विभाग एवम् सेलका संयोजकहरु, प्राध्यापकहरु, विद्यार्थी, अभिभावक, समुदाय, रोजगारदाता एवम् पूर्व विद्यार्थीसँग छुट्टाछुट्टै बैठक तथा छलफल गरी क्याम्पसको सम्पूर्ण पक्षको व्यापक अध्ययन गरेको थियो ।
क्याम्पसका सवै पक्षको उपस्थितीमा आयोजित स्वागत एवम् समापन कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले सभाागीहरुलाई स्वागत गर्दै क्याम्पस QAA प्रक्रियाका लागि अगाडि बढ्ने कुरामा दृढ रहेको भन्दै आफ्नो संस्थागत प्रतिवद्धता जाहेर गर्नु भएको थियो । सहायक क्याम्पस प्रमुख एवम् SAT संयोजक शिवदत्त चापागाईले SSR मा उल्लेखित महत्वपूर्ण बुदाँहरु प्रस्तुत गर्नु भएको थियो । PRT संयोजक प्रा.डा. इन्दु आचार्यले मूल्याङ्कन प्रक्रियाका बारेमा जानकारी गराउदै विभिन्न सुझावहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले क्याम्पसलाई अगाडि बढाउने कार्यमा आफु अत्यन्तै सकारात्मक रहेको बताउदै QAA प्राप्तीका लागि भिमाद नगरपालिकाको पूर्ण सहयोग रहने कुरा व्यक्त गर्नु भएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति जीत प्रकाश आलेले टोलीको अध्ययनबाट आफू अत्यन्तै उत्साहित भएको बताउँदै टोलीले दिएको सुझावको आधारमा सम्पूर्ण पक्षसँग सहकार्य गरी आगामी मंसीर भित्र नै प्रभावकारी नतिजा आउने गरी कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *