आज मिति २०८० फागुन २१ गतेका दिन जनज्योति क्याम्पस अतिरिक्त क्रियाकलाप समितिद्वारा यस क्याम्पसमा शैक्षिक बर्ष २०८०/०८१ अन्तर्गत बि.बि.एस्. प्रथम बर्ष र बि.एड्. प्रथम बर्षमा नव प्रवेश गर्ने विद्यार्थीहरुलाई क्याम्पसमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरियो साथै वातावरण प्रदुषणले वन्यजन्तुमा पारेको प्रभाव शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरियो । क्याम्पस प्रमुख केशबराज काफ्लेको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रम को अध्यक्षता सहायक क्याम्पस प्रमुख तथा अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिवदत्त चापागाईंले गर्नु भएको थियो।
वक्तृत्वकला प्रतियोगितामा ९ जना विद्यार्थीहरु सहभागी भएका थिए भने बि.एड् प्रथम बर्षकी छात्रा रिता आले प्रथम, बि.एड् चौथो बर्षका मिलन रिजाल द्वितीय, बि.बि.एस् तृतीय बर्षका तुलप्रसाद श्रेष्ठ तृतीय र बि.बि.एस द्वितीय बर्षकी सपना लम्सालले सान्त्वना स्थान हासिल गरेका थिए ।

Leave a Reply