065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

छलफल तथा समिक्षा बैठक सम्पन्न

२०७७ साउन १७,
जनज्योति क्याम्पस भिमाद तनहुँमा क्याम्पसको वृहत गुरुयोजना एवम् SSR लेखन कार्यसम्बन्धी समिक्षा बैठक सञ्चालक समिति अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न भयो । गण्डकी सभा सदस्य माननीय सरीता गुरुङ्ग, ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका नगर प्रमुख किसान गुरुङ्ग, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवि राना, व्यास नगरपालिका उप–प्रमुख मिरा जोशी, नेकपा भिमाद नगर सचिव इमानबहादुर थापा, समाजसेवी एवम् क्याम्पस मूल्याङ्कन तथा अनुगमन समिति संयोजक दधिराज सुवेदी, वरिष्ठ पत्रकार विश्ववन्धु भण्डारी, भिमाद नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्यामसुन्दर जोशी, अजिवन सल्लाहाकार कृष्णकुमार श्रेष्ठ, संस्थापक सदस्य ध्रुवराज सुवेदी, भिमाद नगर कार्यपालिका सदस्य दिनाकुमारी गाेतामे लगायतका व्यक्तिहरुले जनज्योति क्याम्पसले तयार गरेको गुरुयोजना र QAA प्रक्रियाको लागि SSR लेखन कार्य अन्तिम चरणमा पुगेको प्रति खुसी व्यक्त गर्दै क्याम्पसले राखेको लक्ष्य प्राप्तिमा आ–आफ्नो तर्फबाट सक्दाे सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै क्याम्पसको प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा नेका महाधिवेशन प्रतिनिधि मिलन आले, आजिवन सल्लाहकार हस्तबहादुर खड्का, चन्द्रप्रकाश सुवेदी संस्थापक क्याम्पस प्रमुख खिमाकान्त पराजुली, सामाजिक लेखा परिक्षण संयोजक उमाकान्त श्रेष्ठ लगायतले पनि गुरुयोजनाको सन्दर्भमा आफ्नो बिचार राख्नुभएको थियो । उपाध्यक्ष काजिमान श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्नुभएको कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले QAA प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियाे उक्त कार्यत्रममा सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाइले SRR लेखनको बर्तमान अवस्थाको बारेमा जानकारी दिदै क्याम्पसले विभिन्न स्थानीय सरकार एवम् प्रदेश सरकारबाट सहयोगको अपेक्षा राखेको बारे जानकारी दिनुभयो । क्याम्पस सञ्चालक समिति अध्यक्ष जीतप्रकाश आलेले सहभागीहरुबाट आएका जिज्ञासाको उत्तर दिनुभएको थियो भने समाजसेवी यज्ञनारायण सुवेदीले धन्यावाद ज्ञापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *