जनज्योति क्याम्पस भिमाद-६, तनहुँ
आज मिति २०८१ चैत्र २७ बुधवारका दिन जनज्योति क्याम्पस, भिमाद तनहुँ र आँवुखैरेनी क्याम्पस, आँवुखैरेनीका क्याम्पस संचालक समिति, प्राध्यापक, कर्मचारी एवम् विद्यार्थी प्रतिनिधिहरूका बिचमा अन्तरक्रिया एवम् अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय जीतप्रकाश आले, उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सञ्चालक समिति सदस्य जीवनाथ अर्याल पदमराज सेन ठकुरी आमन्त्रित सदस्य दशरथ गैह्रे, आबुखैरेनी क्याम्पसका उपाध्यक्ष अनिल बाबु श्रेष्ठ, क्याम्पस प्रमुख भवदत्त शर्मा, सहायक क्याम्पस प्रमुख रामचन्द्र आचार्य लगायत दुवै क्याम्पसका विभागीय प्रमुख एवं कार्यक्रम प्रमुख, प्राध्यापक- कर्मचारी र स्वतन्त्र विद्यार्थी युनियन सभापतिको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा QAA प्रक्रिया, आशय पत्र तथा विभिन्न नीति नियमहरूको बारेमा व्यापक छलफल भएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरूलाई स्वागत जनज्योति क्याम्पस प्राध्यापक संघ सभापति हरिप्रसाद सुवेदीले गर्नुभएको थियो भने कार्यक्रममा सहजीकरण साथै QAA प्रक्रियाका लागि न्यूनतम आधारका बारेमा जानकारी सहायक क्याम्पस प्रमुख एवं IQAC संयोजक शिवदत्त चापागाईंले गर्नुभएको थियो । दुवै क्याम्पसले एकआपसमा मायाको चिनो आदानप्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो ।
Leave a Reply