065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

१६औँ वार्षिकोत्सव सम्पन्न :

चैत्र २३ गते जनज्योति क्याम्पस, भिमाद

जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औँ वार्षिकोत्सव, भवन उद्घाटन एवं पाँचौं अधिवेशन गणतन्त्र नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका माननीय आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेको अध्यक्षता एवं भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा प्रथम महिला सविता पौडेल, प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री माननीय शंकर भण्डारी, संविधानसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइराला, प्रदेश मन्त्रीद्वय महेन्द्रध्वज जिसी तथा दिपेन्द्रबहादुर थापा, पूर्व सांसद केदार सिग्देल, संविधानसभा सदस्यद्वय ध्रुव वाग्ले र रामचन्द्र पोखरेल, प्रदेश सांसद अशोक कुमार श्रेष्ठ, प्रदेश पूर्व मन्त्री दोबाटे वि क, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, भिमाद नगरपालिका उपप्रमुख शारदा खनाल, घिरिङ गाउँपालिकाका निवर्तमान अध्यक्ष रनबहादुर राना, प्रमुख जिल्ला अधिकारी एवं उच्च तहका सुरक्षा अधिकारीहरु, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, भिमाद नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, क्याम्पसका सल्लाहकारहरू आजीवन सदस्यहरू, क्याम्पस सभासद, विभिन्न टोल विकास संस्था, आमा समूह, विभिन्न संघ संस्था युवा क्लबका प्रतिनिधिहरु एवं सदस्यहरू, विभिन्न शैक्षिक संस्था एवं वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, अभिभावकहरु, स्वतन्त्र विद्यार्थी युनियन, SQMC लगायत विद्यार्थीहरु, प्राध्यापक एवम् कर्मचारीहरु समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । क्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न महानुभावहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यू,
प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी,
रिसिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ,
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा,
भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल,
नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ,
नेपाली कांग्रेस क्षेत्रीय सभापति चुडामणि खनाल,
नेकपा एमाले भिमाद नगर कमिटी अध्यक्ष इमानबहादुर थापा, क्याम्पस सल्लाहकार एवं समाजसेवी पुष्पराज पराजुली, क्याम्पस सल्लाहकार एवं वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी,
स्ववियु कार्यवाहक सभापति सुमन रतन
धन्यवाद ज्ञापन माननीय जित प्रकाश आले

प्राध्यापक-कर्मचारी सम्मान कार्यक्रम :
उत्कृष्ट कार्यसम्पादन गरेबापत नर्मदा नीलकण्ठ पराजुली स्मृति अक्षय कोषबाट प्राध्यापक-कर्मचारी प्रोत्साहन अन्तर्गत शिक्षाशास्त्र संकायका उप-प्राध्यापक हरिप्रसाद सुवेदी, व्यवस्थापन संकायका उप-प्राध्यापक एवं सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं र सहायक प्रशासक सुनिल पाठकलाई सम्मान गरिएको थियो ।
क्याम्पसमा सर्वाधिक विद्युतीय हाजिरी भई कार्यसम्पादन गरेबापत – उप-प्राध्यापक दीपक भट्टराईलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट प्रशासनिक कार्य- क्याम्पस प्रमुख केशवराज काफ्ले र उत्कृष्ट लेखा व्यवस्थापन-लेखापाल कमला पौडेललाई सम्मान गरिएको थियो ।

त्यस्तै क्याम्पसबाट यसै वर्ष बिदाई भएर जानुभएका सहायक प्राध्यापकहरू क्रमश: सुजन महत र सुकला उपाध्यायलाई पनि उहाँहरूले क्याम्पसमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै कदर पत्र प्रदान गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रम :
विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो जसअनुसार स्नातक तह उत्तीर्ण हुने २७ जना विद्यार्थीहरू स्नातक उपाधिबाट विभूषित भएका थिए भने विभिन्न खेलकुद कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।

क्याम्पसको पाँचौँ अधिवेशन सम्बन्धमा :
जनज्योति क्याम्पसको पाँचौं अधिवेशनबाट सर्वसहमत रुपमा माननीय जीतप्रकाश आलेको अध्यक्षतामा क्याम्पस सञ्चालक समिति गठन भएको छ । जस अनुसार सदस्यहरूमा शारदा खनाल, उमाकान्त श्रेष्ठ, जीवनाथ अर्याल, मौसम शर्मा गैह्रे, इन्दिरा खड्का, चुडामणि खनाल, मिलन आले, नरेन्द्र थापा, कृष्णकला सुवेदी, पदमराज सेन, श्यामसुन्दर जोशी, हरिप्रसाद सुवेदी र सदस्य-सचिव केशवराज काफ्ले रहनुभएको छ ।

सामाजिक परीक्षण समिति :
संयोजक- चन्द्रप्रकाश सुवेदी
सदस्य- उदयराज सुवेदी
सदस्य- दिनानाथ पराजुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *