Janajyoti Campus

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

आज मिति २०८१ बैसाख २८ गते शुक्रवारका दिन जनज्योति क्याम्पस भिमाद, अतिरिक्त क्रियाकलाप समिति द्वारा क्याम्पस प्रमुख केशबराज काफ्लेको प्रमुख आतिथ्यतामा जनज्योति क्याम्पस, अतिरिक्त क्रियाकलाप समिति संयोजक तथा सहायक क्याम्पस प्रमुख शिबदत्त चापागाईंको अध्यक्षतामा बिद्यार्थीहरु बीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा नौ समूह ले सहभागीता जनाएका थिए भने बि.एड. चौथो बर्षका बिद्यार्थीहरु मिलन रिजाल, दुर्गा बि क र मोनिका थापा को समूह प्रथम, बि बि एस् चौथो बर्षका अस्मिता श्रेष्ठ ,अस्मिता नेपाली र दानुमाया थापाको समूह द्वितीय र बिबिएस् प्रथम बर्षका लक्ष्मी लम्साल, नारायण रिजाल र विवश थापाको समूहले तृतीय स्थान हासिल गरेका छन् । कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु तथा बिद्यार्थीहरुको उल्लेख्य सहभागितामा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा क्विज मास्टरको रूपमा उपप्राध्यापक दीपक भट्टराई रहनुभएको थियो भने उपस्थित सम्पूर्णलाई ECA सदस्य विनोद थापाले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *