065-572455 / 9856001455

janajyoticampusbhimad@gmail.com

Bhimad-6, Tanahun

Gandaki Province, Nepal

6:00 AM - 4:00 PM

Sunday to Friday

स्वागत् एवम् अभिमुखिकरण कार्यक्रम सम्पन्न

जनज्योति क्याम्पस भिमाद, तनहुँमा स्नातक तह प्रथम वर्षमा शैक्षिक वर्ष २०७८/७९ का लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुका लागि स्वागत् एवम् अभिमुखिकरण कार्यक्रम अतिरिक्त क्रियाकलाप समिती संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको वर्तमान बस्तुस्थिती, भावी योजना, QAA प्रक्रियाको सन्दर्भमा विद्यमान अवस्था, सामुदायिक क्याम्पसको बाध्यता लगायत बिविध गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो भने प्राध्यापकहरु सितादेवी भट्टराई, हरिप्रसाद सुवेदी, लक्ष्मी श्रेष्ठ, सुजन महत, खुमकान्त अर्याल, लुना राना तथा राजु परियार लगायतले आ-आफ्नो जिम्मेवारी अनुसारको गतिविधिको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । स्वबियु सभापति सुनिल श्रेष्ठले विद्यार्थीहरु आफ्ना शैक्षिक गतिबिधी तथा हक अधिकारका सबालमा सचेत हुनुपर्ने बताउदै नवआगन्तुक विद्यार्थीहरुलाई क्याम्पसमा स्वागत गर्नुभएको थियो । विद्यार्थीहरु निशा श्रेष्ठ, मिलन रिजाल साथै नवआगन्तुकको तर्फबाट निशा भुजेलले स्वागत एवम् धन्यवाद मन्तब्य राख्नुभएको कार्यक्रममा स्वागत मन्तब्य ECA सदस्य बिनोद थापाले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण ECA सदस्य दीपक भट्टराईले गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *