जनज्योति क्याम्पस
भिमाद-६, तनहुँ
मिति २०८१ फागुन ०७ गते प्रजातन्त्र दिवसको अवसर पारेर स्वतन्त्र विद्यार्थी युनियन, जनज्योति क्याम्पस, भिमाद-६, तनहुँ को आयोजना तथा जनज्योति क्याम्पसको संरक्षकत्वमा माध्यमिक विद्यालय स्तरीय छात्र भलिवल प्रतियोगिता “स्वतन्त्र विद्यार्थी यूनियन भलिवल कप-२०८१” भव्यताका साथ अगाडि बढिरहेको छ । स्वतन्त्र विद्यार्थी यूनियनका सभापति विवश पराजुली (विनोद) को अध्यक्षता एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष, पूर्व आर्थिक मामिला मन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य माननीय जीत प्रकाश आलेको प्रमुख आतिथ्यतामा भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो भने सोही अवसरमा स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयको समेत उद्घाटन गरिएको थियो ।प्रतियोगितामा कुल विभिन्न विद्यालयका १६ टिम सहभागि भएका छन् । उक्त प्रतियोगिता नकआउट प्रणालीमा खेलाइएको छ ।
उपस्थिति:
सभापतिः श्री विवश पराजुली (विनोद) स्वतन्त्र विद्यार्थी यूनियनका सभापति
श्री प्रमुख अतिथिः श्री जीत प्रकाश आले क्याम्पस सचालक समितिका अध्यक्ष, पूर्व आर्थिक मामिला मन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य
विशिष्ट अतिथिः श्री दधिराज सुवेदी नगर प्रमुख भिमाद न.पा.
विशिष्ट अतिथि: राजेन्द्रकृष्ण श्रेष्ठ, अध्यक्ष ऋषिङ गाउँपालिका
श्री शारदा खनाल, उपमेयर, भिमाद न.पा.
उमाकान्त श्रेष्ठ, उपाध्यक्ष क्याम्पस सञ्चालक समिति
श्री श्याम सुन्दर जोशी वडाध्यक्ष वडा नं. ६
क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं लगायत प्राध्यापक कर्मचारीहरू,
सञ्चालक समितिका सदस्यहरू: चुडामणी खनाल, मिलन आले, अरविन श्रेष्ठ, हस्त बहादुर खड्का
पूर्व सदस्यहरू: रमेश चन्द्र सुवेदी, बाबुराम सुनार, इन्दिरा खनाल, ध्रुवराज सुवेदी, विभिन्न उपसमितिका संयोजक एवं सदस्यहरू, क्याम्पसका सल्लाहकार एवं आजिवन सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरू, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, उद्योग वाणिज्य सङ्घ, युवा क्लब भिमादका अध्यक्षहरू, पूर्व विद्यार्थी सङ्घका अध्यक्ष एवं सदस्यहरू, विभिन्न विद्यार्थी संगठनका प्रमुख एवं प्रतिनिधिहरू लगायत खेलप्रेमी महानुभावहरुको उल्लासमय उपस्थितिमा भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ। यस प्रतियोगिता आगामी १० गते समापन हुने कार्यक्रम रहेको छ।
Leave a Reply