जनज्योति क्याम्पस सल्लाहकार सदस्य एवम् यस क्षेत्रका शैक्षिक धरोहर कोमलकान्त खनालको निधनको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभा क्याम्पस सञ्चालक समितिका अध्यक्ष जितप्रकाश आलेको अध्यक्षतामा क्याम्पस सञ्चालक समिति, सल्लाहकार सदस्य एवम् शोक सन्तप्त परिवार जनको उपस्थितीमा सम्पन्न भयो ।
श्रद्धाञ्जली सभामा सञ्चालक समिति उपाध्यक्ष काजिमान श्रेष्ठ, वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, संस्थापक सदस्य धु्रवराज सुवेदी, आजिवन सल्लाहकार चन्द्रप्रकाश सुवेदीले स्व. कोमलकान्त खनालको योगदान, जिवनी, व्यक्तित्व र कृतित्वका बारेमा जानकारी गराउदै श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । त्यस्तै खनाल परिवारका तर्फबाट जनज्योति क्याम्पसको शैक्षिक विकासका लागि योगदान पुगोस् भनी स्व. कोमलकान्त खनालको स्मृतीमा १,००,१००/- (अक्षेरुपी एक लाख एक सय रुपैंया )को चेक अक्षयकोष स्थापना गर्नको लागि क्याम्पस सञ्चालक समिति अध्यक्ष जितप्रकाश आलेलाई हस्तान्तरण गर्नु भयो । सोही अवसरमा कोमलकान्त खनालद्वारा रचना गरिएको स्व. श्रीमती नानीमैया खनालको सम्झनामा भन्ने खण्डकाव्यको समेत लोकार्पण गरिएको थियो ।
उप–प्राध्यापक सितादेवी भट्टराईले सहजीकरण गर्नु भएको कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्य एवम् स्व. खनालका कान्छा सुपुत्र राजेश्वर खनालले श्रद्धाञ्जली सभा आयोजना गरी स्व. पितालाई श्रद्धाञ्जली तथा परिवारलाई समवेदना÷सहानुभूती प्रकट गर्नु भएकोमा क्याम्पस परिवार प्रति धन्यवाद व्यक्त गर्दै क्याम्पसको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो ।
Leave a Reply