असोज १६ , भिमाद
जनज्योति क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्वारा नेपालीहरूको महान् चाड बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवम् छ्ठ पर्व २०८१ को अवसरमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ। स्वतन्त्र विद्यार्थी युनियन जनज्योति क्याम्पसका सभापति विनोद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री माननीय जीतप्रकाश आले, विशिष्ट अतिथि भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, क्याम्पस सञ्चालक समितिका सदस्यहरु गोपाल प्रसाद पराजुली, चूडामणि खनाल तथा मिलन आले, संस्थापक क्याम्पस प्रमुख खिमाकान्त पराजुली, शिक्षक – अभिभावक संघ अध्यक्ष सरस्वती लम्साल, क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं, प्राध्यापक सङ्घ सभापति लगायत सम्पूर्ण प्राध्यापकहरू एवम् कर्मचारीहरु, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, भिमाद स्थित वित्तीय संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, समाजसेवी लगायत भिमादका लब्धप्रतिष्ठित व्यक्तित्वहरु, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि, स्ववियुका सम्पूर्ण पदाधिकारी एवम् क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो भने विद्यार्थीहरूको सांस्कृतिक तथा साहित्यिक प्रस्तुति समावेश गरिएको उक्त कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूले आ – आफ्नो तर्फबाट शुभकामना दिनुभएको थियो। स्ववियुका कोषाध्यक्ष अमृत परियारले संचालन गर्नुभएको कार्यक्रममा सम्पूर्ण सहभागी व्यक्तिहरूलाई स्ववियु उपसभापति सुमन रतनले स्वागत गर्नुभएको थियो । त्यसैगरी उक्त कार्यक्रममा विद्यार्थीका तर्फबाट उत्कृष्ट शुभकामना व्यक्त गर्ने दुईजना विद्यार्थी (श्रीराम थापा र रिता आले) लाई समेत उत्कृष्ठ शुभकामना सन्देशका निम्ति पुरस्कृत गरिएको थियो ।
Leave a Reply